MENU

विज्ञान प्रविधि

​वायु प्रदुषणको जानकारी दिन ‘सफा हावा एप’ सार्वजनिक

काठमाडौं, चैत १५ – वायु प्रदुषणको जानकारी दिने ‘सफा हावा एप’ काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ ।

वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडी र नेपालका लागि अमेरिकी राजदूत एलिना बी तेप्लिजले ‘सफा हावा एप’ सार्वजनिक गर्नुभएको हो । नेपालका लागि अमेरिकी राजदूतावास र विधि प्रालिले सयुक्त रुपमा ‘सफा हावा एप’ बनाएका हुन् ।

काठमाडौंका विभिन्न क्षेत्रको वायुको गुणस्तरबारे जानकारी गराउने उद्देश्यले ‘सफा हावा एप’ सार्वजनिक गरिएको हो । यो एपले वायुको अवस्थाबारे प्रयोगकर्ताहरुलाई जानकारी गराउने बताइएको छ ।

एपले दुषित वायुबाट बच्ने उपायबारे पनि जानकारी गराउने जनाइएको छ । मोबाइल एपको रुपमा स्थापना गरिएको ‘सफा हावा एप’बाट प्रत्येक घण्टामा वायुको अवस्थाबारे जानकारी पाउन सकिन्छ । यस एपले प्रयोगकर्तालाई हावामा रहेको प्रदुषण र प्रदुषण गराउने मूख्य कारणको पनि जानकारी गराउने जनाइएको छ ।

एपले कुन समयमा हावाको प्रदुषण बढी हुन्छ भन्ने विषयमा पनि जानकारी गराउँछ । एपले हावाले स्वास्थ्यमा पुर्याउने असरबारे पनि जानकारी दिनेछ । एपको मूख्य उद्देश्य नागरिक र सरकारलाई हावा प्रदुषणबारे जानकारी गराउने रहेको छ ।

अहिले सफा हावा एपले काठमाडौंको मात्र हावाको प्रदुषणबारे जानकारी गराए पनि पछि देशभरिकै हावाको जानकारी गराउने बताइएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया