MENU

बातावरण-कृषि

​विश्वमै दुर्लभ मानिने रेड पाण्डा मृत अवस्थामा पाथीभरामा भेटियो

केशवप्रसाद भट्टराई/उज्यालो । 

ताप्लेजुङ, चैत्र १५ – हिमाली जिल्ला ताप्लेजुङको पाथिभरा क्षेत्रमा मरेको रेड पाण्डा भेटिएको छ ।

विश्वमा दुर्लभ मानिने रेडपाण्डा मरेको अवस्थामा पाथीभरा मन्दिर छेउमा कुकुरले मुखले च्यापेर ल्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

मरेको अवस्थाको रेडपाण्डा कुकुरले ल्याएको हो कि कुकुरले मारेको हो भन्ने बारे केही खुलेको छैन । जिल्ला वन अधिकृत बिष्णुलाल घिमिरेले रेड पाण्डा मृत अवस्थामा रहेको जानकारी पाउनासाथ जिल्ला वन कार्यालयको टोली रेड पाण्डा फेला परेको स्थलतर्फ गएको बताउनुभयो ।

रेड पाण्डाको पोष्टमार्टम गरेर प्रतिवेदन आएपछि मात्र मरेकोे कारण खुल्ने वन अधिकृत घिमिरेले बताउनुभयो ।पाथीभरा क्षेत्र दुर्लभ रेड पाण्डाकोे बासस्थानको रुपमा हेरिएको छ ।

रेड पाण्डाका लागि अनुकूल मौसम र उसको आहारा पाइने क्षेत्रको रुपमाा पाथीभरा क्षेत्र परिचित रहेको बताइएको छ । जिल्लाको हरेका क्षेत्रमा विश्वको दुर्लभ रेड पाण्डा पाइने गरेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया