MENU

विचार/अनुभूति

ujyaalo forign call inside

मनकामनाको दर्शन : माइक्रोले सातो उडायो

सजना तिमल्सिना

मंगलबार बिहान सबेरै कंलकीको धुलो छिचोल्दै थानकोटतर्फ जाने गाडी बिसौनामा पुग्यौँ ।  हामी दुई जोडीसँगै दुई काखे बच्चा थिए । यात्रा मनकामना दर्शनको थियो । कंलकी पार गर्न नपाउँदै आफ्नो गाडीमा जाउँ भनेर तान्ने चालक, सहचालकदेखि गाडी मालिक अनि दलालसम्म सबै भेटिए ।

कंलकीको माहोल हाम्रा लागि मात्र होइन सबैका लागि सधैँ यस्तै हुन्छ । ‘कुन ठाउँमा जाने ? कति जना जाने ? त्यो गाडी राम्रो छैन, यो गाडीमा जाऔँ ।’ हामी बसमा जाने कि माइक्रोमा जाने सल्लाह गर्दै थियौँ । धेरैलाई त कतै नजाने भन्ने जवाफ दियौँ । पछि माइक्रोमा जाने निधो भयो । माइक्रोमा बस्यौँ ।

एकछिनमा ट्राफिक प्रहरी आइपुगे अनि चालकसँग सवारी चालक अनुमतिपत्र लाइसेन्स मागे । चालकले सहजै भनिदिए, ‘ला हिजो साथीले चलाउँदैथ्यो झिकिदिएछ ।‘ चालकको गैर जिम्मेवारीपूर्ण शब्द सुनेपछि हामी त्यो माइक्रोबाट और्लियौँ ।

‘अब गइहाल्ने हो । लाइसेन्स आइपुग्न लाग्यो । बस्नुस् न । अर्कोमा जाँदा जाममा परिएला’, चालक र सहचालक भन्दै थिए । तर, उनको कुरा हामीले सुनेनौँ किनकी लाइसेन्स बिनाको चालक भएको गाडीमा कसरी यात्रा गर्न सकिन्छ र ?

अब के मा जाने ? बस वा माइक्रो हामी फेरि कुरा गर्दै थियौँ । बा ४ ख ५७५० नम्बरको माइक्रो आइपुग्यो । ल जाने हो ? काखमा बच्चा पनि थिए । अलि सजिलो सिटको खोजी थियो हाम्रो । एक जनाले सिट मिलाइदिए । दुईवटा ढोकासँगैको अनि अर्को दुईवटा अन्तिमको अगाडिको । ढोका छेउमा भन्दा बच्चालाई लिएर बस्न पछाडि सजिलो भनेर दुई आमा पछाडी बस्यौँ । बुवाहरु ढोका छेउमा । त्यत्तिबेला पौने आठ बजिसकेको थियो ।

गाडी गुड्न लागेपछि सिट मिलाइदिने ति चालकसँग केही रकम लिए । अर्का एक जना आए । कलंकीबाट यात्रा सुरु भयो कुरिन्टारको । चालकले भने, ‘ढिलो गर्दा जाममा परिन्छ छिटो जाऔँ ।’ हामी त्यहाँ नपुग्ने भए पनि चालकलाई नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको तनाव थियो । किनकी उनी चितवन जाँदै थिए ।

यो सडकखण्ड विस्तारको लागि भन्दै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म बन्द हुन्छ । अनि यो ६ घण्टा जाममा नबस्ने योजनासहित चालकले स्टेरिङ घुमाए । गाडीको स्टेरिङ घुमेसँगै ठूलो आवाजमा गीत घन्कियो । सबैजना मौन थिए । गाडीमा सबै अपरिचित यात्रु । सहचालक बिनाका एक्लो चालकमात्र थिए ।

सँधै हिँड्नेलाई कलंकी नागढुंगाको बाटो कस्तो छ भन्नै पर्दैन । नहिड्नेले अनुमान गर्न सक्नुहुन्छ । वास्तवमै सडक गाडी गुड्न मिल्ने होइन घोडा कुद्न मात्र मिल्ने छ । खाल्डाखुल्डी । गाडी गुड्न होइन घोडाकै शैलीमा उफ्रिँदै गन्तव्य नाप्न थाल्यो ।
 
नागढुंगा नपुग्दै लाग्यो, आज कुरिन्टार पुगिन्छ कि पुगिँदैन ? चालकलाई १० बजे अघि नै मुग्लिन पुग्ने हतारो थियो । सुरक्षा चिन्ता त उनलाई पनि थियो होला तर, उनको गाडी चलाउने शैलीले त्यो बताइरहेको थिएन । 

१० बजे मुग्लिन पुग्नका लागि चालकले बाटो भन्दा पनि गाडीको स्पीड मात्र बढाइरहेका थिए । आफ्नो बाटोमा भन्दा अर्काको बाटोमा गुड्दै अर्थात् ओभरटेक गर्दै चालक रफ्तारमा हुईँकिरहे । बाटोमा देखिएका सबै गाडीलाई उछिन्दै उ पहिलो बन्न तल्लीन थियो । यात्रु भने लामो सास फेर्दै तीव्र गति कम गर्न घरिघरी आग्रह गर्थे ।
 
कहिले दायाँपट्टिका मान्छे सोरिएर बायाँतिर आउँथे त कहिले बायाँपट्टिका सोरिएर दायाँतिर पुग्थे । ‘गुरुजी विस्तारै चलाम्’ भन्ने आवाज बेलाबेलामा आइरहन्थ्यो । चालक नसुनेझैँ गर्थे ।
 
झण्डै एक घण्टाको हुइँक्याइएपछि एक जना बोले गुरुजी ‘५ मिनेट समय चाहियो’ गुरुजीले सुनेनन् । एकैछिनमा अर्को आवाज आयो ‘दाई एकछिन रोकिदिनुहोस् न’ चालकले कुनै प्रतिक्रिया दिएनन् । फेरि, अर्को आवाज आयो गुरुजी ५ मिनेट । चालकले जवाफ दिए ‘पाँच मिनेट रोक्दा त जाममा परिन्छ’, यात्रुले जवाफ दिए, ‘बरु जाममा बसौँला ।’ चालक बोलेनन् ।

एकैछिनमा अर्को आवाज आयो, ‘दाई कस्तो पिसाब आइसक्यो गाडी रोकिदिनुहोस् न’, तत्काल चालक बोले, ‘एकछिन् अलि पर ।’

फेरि केही समयमा अर्का व्यक्ति बोले, ‘आपत् नै पर्यो रोकिदिनुहोस् न !’ चालकले भनेको एकछिन कति समयको हो कुरो बुझिएन । गाडी रोक्ने संकेत थिएन । फेरि पनि आवाज, ‘आयो गुरुजी आपत पर्यो के ! पेट्रोल पम्प अगाडि रोकिदिनुहोस् न !’ चालकले भने, ‘अब एकछिन ।’ 

त्यो एक छिन झण्डै ४५ मिनेटपछि आयो । 

गाडी रोकियो । सबैजना हतारिए । दुई मिनेट मै सबैजना आइसकेका थिए । गाडी हुइकियो । आसपास बसेकाहरु हैन कसरी चलाएको गाडी आज गन्तव्यमा पुगिएला कि नपुगिएला ? यात्रामा सन्देह गरिरहेकै थिए । हुन पनि किन डर नलाग्नु यो सडकमा दैनिक जसो दुर्घटना हुने गरेका खबर आफैँ पढ्नुपर्छ । त्यसले पनि मुटुको गति बढाएको थियो । कुरिनटार पुग्नु भन्दा पाँच मिनेट अगाडि चालक बोले, ‘कुरिनटार झर्नेले मिलाएर पैसा झिक्नु ।’ बल्ल थोरै सास आयो अब पुगिएछ । चालकले भनेजस्तै कुरिनटार झरेर चार जनाको १४ सय रुपैयाँ मिलाएर दियौँ ।

हामी मनकामनातर्फ लाग्यौँ । गाडी भने मुग्लिनतर्फ हुईँकियो । हामीलाई डरले खायो गाडी गन्तव्यमा पुग्यो कुनै दुखद् खबर सुन्नु परेन त्यसमै खुशी लाग्यो । 

मनकामना दर्शन गर्न जाँदा माइक्रो चालकको आतंकले डराएका हामी फर्किदा गोरखादेखि काठमाडौं आउँदै गरेको बसमा चढ्यौ । बस सामान्य गतिमै गुड्दै थियो । कुनै डर भएन । जाँदा कलंकीबाट एक घण्टा ४५ मिनेटमा कुरिनटार पुगेका हामी फर्किँदा तीन घण्टामा कलंकी आइपुग्यौँ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया