MENU

बातावरण-कृषि

करोडौंको लगानीमा सुरु भएको कृषि फार्म चलाउन पानीको समस्या

श्यामशितल परियार/उज्यालो ।       

लमजुङ, चैत १६ – लमजुङको राइनास नगरपालिका–५, कैनीटारमा व्यावसायिक रुपमा कृषि फार्म सञ्चालन गरिएको छ । ८ जनाको संयुक्त लगानीमा ‘राईनास मल्टी एग्रो फार्म’ सञ्चालनमा आएको हो । २ सय ३५ रोपनी क्षेत्रफलमा फैलिएको यो फार्मलाई वरिपरिबाट तारबारले घेरिएको छ । 

फार्ममा अहिले माछापालन, कुखुरापालन, केरा खेती र तरकारी खेती गरिएको छ । फार्मभित्र १४ वटा माछापोखरी रहेका छन् भने ५ हजार कुखुरा अट्ने क्षमताको आधुनिक कुखुराको खोर छ । 

त्यो खोरमा अहिले ४ हजार ब्रोईलर जातका कुखुरा पालिएको छ । माछापालनको लागि मात्रै एक सय रोपनी जग्गा छुट्याइएको छ । ‘उचित दानापानीको व्यवस्था हुन सक्ने हो भने माछा बिक्रिबाट मात्रै वार्षिक ८० लाख आम्दानी गर्न सकिन्छ,’ फार्मका प्रवन्ध सञ्चालक नवराज पौडेलले भन्नुभयो ।


सञ्चालक पौडेलका अनुसार अनुसार आवश्यक पानी नहुँदा फार्म सञ्चालनमा समस्या भएको छ । पानी नहुँदा चेपेबाट गाडीमा पानी बोक्नुपर्ने बाध्यता रहेको छ । नहर नचल्दा पानीको अभाव भएको हो । ‘नहर नचलेको लामो समय भयो, माछा पानीको खेती हो, पानी बिना व्यवसाय सञ्चालनमा कठिनाई भएको छ,’ उहाँले गुनासो गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘सम्बन्धित निकायको साथ/सहयोग पाएमा, दानापानीको उचित प्रवन्ध भएमा लमजुङमा ५० प्रतिशत माछाको आपूर्ति हामीले कम गर्न सक्छौ ।’


२०६८ सालमा सुरु भएको फार्म व्यवसायिक रुपमा २०७१ सालबाट सुरु भएको हो । फार्मबाट उत्पादित कृषि उपज स्थानीय बजारमै खपत हुँदै आएको पौडेलले बताउनुभयो । फार्मबाट उत्पादित माछा प्रतिकेजी ४ सय रुपैयाँका दरले बिक्री हुँदै आएको उहाँले बताउनुभयो । 

‘राईनास मल्टी एग्रो फार्म’ का व्यवस्थापक दिपेन्द्र पन्तका अनुसार केराखेती आशा गरे अनुसार फस्टाउन सकेको छैन । फार्म सञ्चालनमा पानी नहुँदा समस्या भएको छ । फार्ममा कमन कार्प, रघुनैनी, सिल्भर, ग्रास लगायतका जातका माछा रहेका छन् । फार्ममा ७ जनाले रोजगारी पाएका छन् । ‘पानीको समस्या समाधान हुने हो भने हामी उत्पादन बढाउन सक्छौ, उत्पादनले बजार नपाउने कुरै छैन,’ उहाँले भन्नुभयो । नेपालमा नै केही गरौ भनेर लाग्नेका लागि सरकारले पनि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया