MENU

विचार/अनुभूति

धन्नै ! स्कुटरवालीको ज्यान गएन !

-विष्णु विश्वकर्मा 

रत्नपार्क–भृकुटीमण्डप–भद्रकालीको वान–वे अर्थात एकतर्फी सडक । हावाको वेगजस्तै चल्ने गाडी । जो जस्ता हुन्, आकाशका तारा छुनै हिँडेका हुन की भन्ने भान पर्छ गाडीका गतिले । तर भृकुटीमण्डप बजार गेटबाट भृकुटीमण्डप माइक्रो स्टेशन उक्लिँदा आज अरु दिनजस्तो गाडी वेगमा थिएनन् । न त स्टेशनमा धेरै माइक्रो र यात्रु नै । 

बरु बीच सडकमा यात्रुको भिड थियो । काठमाडौँ–बनेपा–धुलिखेल चल्ने ठूलो बस रोकिएको थियो । बसको अगाडिपट्टि सबै झुम्मिएका थिए । 

म हतारमै थिएँ । तर पनि रोकिएँ । भिड छिचोलेर बीच सडकमा रोकिएको बस नेर पुगे । हेर्दा होश उड्ने गरी स्कुटरलाई बसले च्यापेको थियो । पहिलो नजरमा स्कुटरको हालत देख्ला मनमनै लाग्यो । ‘ओ माई गड ! चालक बाँचे होलान् त ?’

तर सबै शान्त थिए । सोध्ने आँट पनि सजिलै आएन । बसका यात्रु झरिरहेका थिए । चालक सुरुमा ड्राइभिङ सिटमै थिए । अरु यात्रु वरिपरी झुम्मिएका थिए । ट्राफिक प्रहरी भर्खरै आएको थियो । 

अनि आधा भाग बसले च्यापको स्कुटी नजिकै एक युवती थिइन् । टाउकोमा हेल्मेट थियो । ‘स्कुटर चालकलाई केही भएन ?’ केही मिनेपछि मैले छेउकै एक व्यक्तिलाई सोधेँ ।

 

‘ऊ उहाँ । केही भएको छैन् । धन्यै ज्यान गएन ।’ उनले जवाफ फर्काए । कलेज ड्रेसमा झोला भिरेकी युवती ठुलो दुर्घटनाबाट बचेकी थिइन् ।
हाम्रो यो सम्वाद सुनेकी उनले पाइन्ट थोरै माथि सार्दै घाउ देखाइन् । गोलीगाँठानेर रातो डाम बसेको थियो । रगत देखिएको थियो । तर रगत बगेको थिएन ।

बसको अगाडि लम्पसार परेको स्कुटरबाट पेट्रोल मोबिल जस्तो देखिने तरल पदार्थ चुहिएको थियो । अब भने मन शान्त भयो । दुर्घटना ठूलै देखिन्थ्यो । तर क्षति सामान्य भयो । 

उनले घाउ देखाइन् । केही बोल्न सकेकी थिइनन् । बोलिहाल्ने र सोधिहाल्ने पक्षमा हामी पनि थिएनौँ । दुर्घटनापछि रोकिएका गाडीलाई प्रहरीले साइडबाट जान भन्यो । एकछिन फोटो खिचेपछि प्रहरीले स्कुटर घिसारेर बाहिर ताने । सडक छेउमा लिएर स्ट्यान्ड लगाए । ठक्कर दिने बस पनि सडक छेउमा गएर रोकियो । 

अनि बिस्तारै स्कुटर नजिक पुगेकी युवतीलाई प्रहरीले सोधपुछ गर्न थाल्यो । मैले पनि प्याच्चै सोधिहालँे, ‘तपार्इँको नाम ? कता जाँदै हुनुहुन्थ्यो ?’ 

मलिन अनुहार भए पनि राता आँखा लगाएकी उहाँले भन्नुभयो ‘तपाईँलाई किन चाहियो र ?’ 

मलाई केही चाहिएको थिएन । पत्रकारे बानी पुरानै थियो । प्याच्चै सोधिहाल्ने । तर जवाफ पाइएन् । यस्तो अवस्थामा सोध्नु हुँदैन्थ्यो । 

एउटै प्रश्नले आफ्नै मनलाई आठ दश वटै प्रश्न सोधे । जे होस्, ज्यान जोगियो । उहाँको शान्त अनि मलिन अनुहारको भावले पनि भन्थ्यो ‘दुर्घटना भयो । तर ज्यान जोगियो ।’

दुर्घटनापछि आक्रोशित हुने, रोई कराई गर्ने अनि धारे हात लगाएर आफूलाई ठक्कर दिने गाडीका ड्राइभरलाई पिटुँला मारुला झँै गर्ने । दुर्घटनामा परेका जोसुकैको बानी हो यो ।

तर उहाँमा त्यस्ताे देखिएन । त्यसैले पनि लाग्यो । बेकार सोधियो । सोधेको पनि जवाफ नपाएपछि अनुहारकै उहाँको फोटो खिच्न पनि मन लागेन् । तर पछाडिबाट स्कुटरसहित उहाँको फोटो भने खिचे । त्यहाँबाट अफिसका लागि हिँडे । 

अलि पर पुगेपछि स्कुटरमा आफ्नो अफिस जाँदै गरेकी एउटी साथीले मलाई देख्नासाथ स्कुटर साइड लगाएर सोधिन् ‘के छ खबर तिम्रो ? भेटघाट पनि छैन् ।’

‘ओहो ! तिमी । मेरो ठिकै छ । तर तिमीलाई देखाइहाल्नु पर्ने एउटा फोटो छ । हेर्छौ ?’ 

‘हो र ? हेरौँन त ।’

भृकुटीमण्डपको एउटा पसलमा दुई वटा ‘ब्ल्याक टी अर्डर’ गरे । अनि मोबाइलमा फोटो देखाइरहदा उनको मुखबाट निस्किरह्यो ‘ओ माई गड.........।’

 

मसँग पनि अरु भन्ने शब्द नै के थियो र ? पहिला पहिला ट्रकले किच्ने स्कुटीलाई हिजोआज बसले पनि किच्न थालेछन् । 

फोटो हेरेपछि चिन्तित देखिएकी उसलाई भनेँ, ‘अलि होश गर है स्कुटीवाली । सडकमा सबैतिर हिजो आज तडक भडक छन् ।’

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सिन्डिकेट एक्सप्रेस : घोक्राएर खाँद्छ, उफार्दै लान्छ

    सिट मात्र भरिएर हुँदैन, टेक्ने र झुण्डिने ठाउँ समेत नभर्दासम्म गाडीवालाको चित्त बुझ्दैन । नत्र बस साहुको खल्ती भरिँदैन । सुरुमा रित्तै रहेको बस जसरी पनि बसवालाले भर्छ । केही लागेन भने घण्टौं पर्खाउँछ । वर आएर पनि फेरि पहिल्यैकै ठाउँमा फर्काउँछ । बोकेर, उचालेर, झ्याँकुटी पारेर, लोभ्याएर, फकाएर जसरी पनि मान्छे खाँद्छ ।

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया