MENU

यो पनि समाचार

ujyaalo forign call inside

लहना आज १२ वर्ष लाग्यो

काठमाडौं, चैत १७ - उज्यालो रेडियो नेटवर्कको नेपालभाषा कार्यक्रम लहना आज १२ वर्ष लागेको छ ।

२०६३ साल चैत शुक्लपूर्णिमाका दिन लहना कार्यक्रम सुरु भएको हो । नेवार समुदायको भाषा, साहित्य, संस्कृति, इतिहास, राजनैतिक र जनसरोकारका विषयलाई समेटेर १२ वर्षअघि देखि निरन्तर रुपमा लहना प्रशारण भइरहेको छ । 

विहान १० बजेदेखि एक घण्टाको लागि लहनाकार्यक्रम प्रशारण भइरहेको छ । १२ वर्षको अवधिमा लहनालाई नेपाल सम्वत ११३२मा नेपाल भाषा परिषदले चित्तधर सिरपा प्रदान गरेको थियो ।

त्यस्तै, लहना कार्यक्रमका निमार्ताशर्मिला (सिल्भिया) राजोपाध्यायलाई प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल भाषागत पुरस्कार,  मोती पत्रकारीता पुरस्कार, नेपाल आदिवासी पत्रकार महासंघ र एशिया पिपल्स प्याक्टले पहिलो इन्डिजिनियस भ्वाइसेज एशिया अवार्ड र नेपाल क्षयरोग निवारण संस्थाले ओत्सुका पुरस्कार प्रदान गरेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया