MENU

अर्थ

​सहकारीको रकम हिनामिना गर्ने व्यवस्थापकलाई दुई वर्ष कैद र ६८ लाख जरिवाना

तेह्रथुम, चैत १७ – सहकारी संस्थाको रकम हिनामिना गर्ने व्यवस्थापकलाई तेह्रथुम जिल्ला अदालतले ६८ लाख रुपैयाँ जरिवानासहित दुई वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायधिश नारायणप्रसाद पराजुलीको एकल इजलासले सहकारीको रकम हिनामिना गर्ने व्यवस्थापक भरतबहादुर बस्नेतलाई ६८ लाख रुपैयाँ विगोसहित २ वर्षको कैद सजाय तोकेको हो ।

बस्नेतविरुद्ध छथर बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापकको रुपमा कार्यरत रहँदा रकम हिनामिना गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो । त्यही उजुरीका आधारमा उनलाई प्रहरीले ०७३ चैत २२ गते पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । व्यवस्थापक बस्नेतले सहकारीको हिसाबबाट ७२ लाख रुपैयाँ भन्दाबढी रकम गायब बनाएका थिए ।

छथर गाउँपालिकाका किसान, व्यवसायीलगायतले शेयर लगानी गरी सञ्चालन गरेको सहकारीले करोडौँको कारोबार गरिरहेको थियो । गाउँमा रेमिट्यान्सको कारोबार समेत गर्दै आएको सहकारीबाट वर्ष दिनमै ७२ लाख रुपैयाँ भन्दाबढी रकमको हिसाब हराएपछि उनीविरुद्ध सहकारी सञ्चालकहरुले उजुरी गरेका थिए ।

उनलाई अदालतले ६८ लाख रुपैयाँ जरिवाना र दुई वर्षको कैद फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार अम्बिकाप्रसाद पौडेलले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया