MENU

अर्थ

ujyaalo forign call inside

​बैंक बिना संघीय नेपालको समृद्धि हुँदैन : गभर्नर नेपाल

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, चैत १७ – नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जिवि नेपालले बैंकको उपस्थिति बिना संघीय नेपालको समृद्धि हुन नसक्ने बताउनुभएको छ ।

सिभिल बैंक लिमिटेडको ५९ औं शाखाको उद्घाटन गर्दै संघीयता कार्यान्वयन गर्न बैंक अपरिहार्य रहेको बताउनुभएको हो  । सिभिल बैंक लिमिटेडले आफ्नो ५९ औँ शाखा लमजुङको बेसीशहर त्रिवेणीटोलमा स्थापना गरेको छ ।

बैंकको स्थापना कार्यक्रममा गभर्नर डाक्टर नेपालले मुलुकको दुर्गम क्षेत्रसम्म वित्तिय पहुँच पुर्याउने सोच अनुरुप मौद्रीक नीति बनाइने उल्लेख गर्नुभयो । ‘दूर दराजसम्म वित्तिय पहुँच पुर्याउनु आवश्यक छ’, नेपालले भन्नुभयो, ‘त्यसैअनुरुप मौद्रीक नीति बनाइन्छ र कार्यान्वयन गरिन्छ ।’

स्थानीय तहमा बैंकको आवश्यकता महसुस गरेर नेपाल राष्ट्र बैंकले ७ सय ५३ स्थानीय तहमै वित्तिय पहुँच पुर्‍याउने नीतिअनुरुप हरेक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको पनि उहाँले बताउनुभयो ।

ग्रामीण भेगमा बैंकको शाखा विस्तार हुँदा वित्तिय साक्षरताको अभिवृद्धि हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक समृद्धि आउने उहाँले बताउनुभयो । 
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले स्थानीय स्तरमा वित्तिय पहुँच पुर्‍याउने नीतिलाई  आत्मसत गर्दै सिभिल बैंक लिमिटेडले लमजुङ जिल्लाको ग्रामिण भेग भुलभुले, राइनास, मालिङ र गौंडामा आफ्नो शाखा विस्तार गरेको गुरुङले बताउनुभयो ।

उहाँका अनुसार सिभिल बैंकको अहिलेसम्म २ लाखभन्दा बढी ग्राहक रहेका छन् । बैंकले ३७ अर्ब भन्दाबढी निक्षेप परिचालन गरी झण्डै ३६ अर्ब कर्जा लगानी गरेको छ । बैंकको लमजुङमा ५ शाखा रहेका छन् । बैंकको देशभर कुल शाखा संख्या ५९ पुगेकोे छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया