MENU

अर्थ

आर्थिक गतिविधिको तथ्यांक निकाल्न राष्ट्रिय आर्थिक गणना रुकुममा सुरु गरिँदै

राजु लामिछाने/उज्यालो ।

रुकुम, चैत १८ – नेपालमै पहिलो पटक रुकुमबाट आर्थिक गणना गर्ने तयारी गरिएको छ । राष्ट्रिय कार्यक्रम अनुसार आगामी वैशाख १ गते रुकुमबाट राष्ट्रिय आर्थिक गणना सुरु हुने तथ्यांक कार्यालय रुकुम (पश्चिम)ले जनाएको छ ।

‘चैत महिनामा कार्यालय स्थापनाको काम सुरु भएको छ ।’  जिल्ला तथ्यांक कार्यालय रुकुमका प्रमुख मेघराज पौडेलले भन्नुभयो –‘औपचारिक गणनाको काम भने वैशाख १ गतेबाट सुरु हुनेछ ।’

उहाँका अनुसार, वैशाख १ गतेबाट शुरु भएर जेठ मसान्तसम्म यो अभियान संचालन हुनेछ । झण्डै २ महिनासम्म हुने यो गणना अन्तर्गत वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने प्रतिष्ठान, व्यवसायसँगै सम्पूर्ण आर्थिक क्षेत्रसँग जोडिएका क्षेत्रहरुमा केन्द्रित रहेर आर्थिक सर्वेक्षण हुने कार्यालयले जनाएको छ ।

केही दिनभित्रै गणकहरुलाई तालिम दिएर गाउँ–गाउँमा पठाउने तयारी कार्यालयले गरेको छ । गणकमार्फत गाउँ–गाउँमा गएर तथ्यांक संकलन गर्नुका साथै इन्टरनेटको पहुँचमा रहेका व्यवसायिक संस्था तथा प्रतिष्ठानहरुले अनलाइनबाटै तथ्यांक भर्न सकिने सुविधासमेत छ । अब प्रत्येक पाँच–पाँच बर्षमा आर्थिक गणना गरिने र यस गणनाबाट मुलुकको दिगो विकास लागि आवश्यक पर्ने आर्थिक तथ्यांक प्राप्त हुनेछ ।

गणना कार्यक्रमबाट अहिले सक्रिय अवस्थामा रहेका आर्थिक गतिविधि, प्रतिष्ठान र व्यवसायहरुको तथ्यांक संकलन हुने भएकोले स्थानीय, प्रदेश र संघीय सरकारलाई समेत आगामी नीति तथा कार्यक्रम संचालन गर्न पनि सघाउ पुग्ने विश्वास लिइएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया