MENU

बातावरण-कृषि

ujyaalo forign call inside

अन्न भण्डारणका लागि मेटल बिन वितरण

रसुवा, चैत १८ – रसुवाको नौकुण्ड गाउँपालिकाका कृषकलाई बीउ तथा अन्न भण्डारणका लागि मेटल बिन वितरण गरिएको छ ।

बीउ विजन तथा अन्नलाई सुरक्षित रुपमा भण्डारण गर्नका लागि ८२ जना कृषकलाई निशुल्क मेटल बिन वितरण गरिएको हो । गएको साउनमा आएको बाढी तथा पहिरोका कारण बीउ विजन तथा अन्न गुमाएका कृषकलाई लक्षित गरी मेटल बिन वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय रसुवाले जनाएको छ । 

बाढी पहिरो पीडितहरुको लागि राहत कार्यक्रम अन्तर्गत रसुवाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाका दुई सय ४० कृषकलाई मेटल बिन वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत दिनेशबाबु तिवारीले बताउनुभयो ।

नौकुण्डका ८२ र उत्तरगयाका ६६ कृषकलाई मेटल बिन वितरण गरिसकिएको उहाँले बताउनुभयो । प्रति मेटल बिन २८ हजार रुपयाँ परेको र बिनमा १ सय ९६ किलो अन्न तथा बीउ भण्डारण गर्न सकिने छ ।

मेटल बिनको प्रयोगले किराहरु भित्रै जान नसक्ने र मुसाबाट छुटकरा पाइने भएकाले अन्न तथा बीउ संरक्षण हुने कार्यालयका प्राविधिक सहायक भिष्मबहादुर बस्नेतले बताउनुभयो ।

बाढी पहिरो पीडित राहत कार्यक्रम अन्तर्गत जिल्लाको चार स्थानमा बाली उपचार शिविर सञ्चालन, तोरीको बीउ वितरण, आकस्मिक बाली संरक्षण, भकारो सुधार कार्यक्रम, फलफूलको विरुवा वितरणलगायतका कार्यक्रम सञ्चालन भइरहेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया