MENU

अर्थ

ujyaalo forign call inside

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ, १८ चैत – धितोपत्र बजारमा आइतबार शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४.०५ अंकले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.१९ बिन्दुले ओरालो लागेर २५५.६९ बिन्दुमा पुगेको छ । 

आयबार कूल १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता शेयर  ३१ करोड २३ लाख ९४ हजार ३७९ रुपैयाँ मूल्यमा कारोबार भएको स्टकले जानकारी दिएको छ । 

आइबार सबै उपसूचकको मूल्य ओरालो लागेको छ । बैंकिङ २२.०१, होटल २७.२९, विकास बैंक ३६.१, जलविद्युत् ३७.१४, वित्त ७.१७, बीमा १४८.७७, उत्पादन १५, अन्य ५.६७, माइक्रोफाइनान्स २६.२४ बिन्दुले ओरालो लागेको छ । 

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले श्वेतपत्र सार्वजनिक गर्नुभएपछि बजार बढ्ने आश गरिएको भए पनि बजारले त्यसअनुसार काम नगरेको सम्बद्ध पक्षको भनार्इ छ । 
–रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया