MENU

अर्थ

ujyaalo forign call inside

१२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत आयोजनाको निर्माण कार्य सुरु, २ वर्षमा निर्माण कार्य सक्ने लक्ष्य

श्यामशितल परियार/उज्यालो ।    

लमजुङ, चैत १९– १२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । 

दोर्दी जलविद्युत आयोजनाका आयोजना प्रमुख उज्ज्वल सिलवालले आइतबार आयोजनाको शिलान्यास गर्दै तोकिएकै समयमा निर्माण कार्य सक्नेमा आफूहरु ढुक्क रहेको बताउनुभयो । उहाँका अनुसार आयोजना २ अर्बको लागतमा निर्माण गर्न लागिएको हो । निर्माण कार्य २ वर्षको अवधिमा सक्ने आयोजनाले लक्ष्य लिएको छ । 
‘पानीको बहावमा आधारित यस आयोजनाको बाँध दोर्दी गाउँपालिका वडा नं. ६ ढोडेनीको मालेबगरमा बाँधिनेछ,’ उहाँले भन्नुभयो । 

आयोजनाले सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंकसँग ऋण सम्झौता गरेको छ । यसैगरी, आयोजनामा लमजुङ विद्युत विकास कम्पनी (लेड्को) र पब्लिक शेयरबाट संकलित रकमको लगानी पनि छ ।

आयोजनाले बताएअनुसार दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको प्रवद्र्धनमा बन्ने यस आयोजनामा २ हजार ५ सय मिटर लामो सुरुङ निर्माण हुनेछ । ७ सय मिटर लामो पाइपलाइन रहनेछ । आयोजनाको ठेकेदार कम्पनी माउण्टेन इन्फ्लाले सुरुङ र सिभिल वर्कको जिमम लिएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया