MENU

अर्थ

ujyaalo forign call inside

​घर बिदामा आएका विपिन दाहाललाई यामाहाको ‘झट्का’

काठमाडौं, चैत १९ – इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो । मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए ।

ढल्केबारस्थित एनएमबी माइक्रोफाइनान्समा काम गर्ने उनी घरायसी कामको सिलसिलामा शनिबार इनरुवामा आएका थिए । पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्ने निधो गरे ।

‘यामाहाको मोटरसाइकल किन्ने निर्णय पहिले नै गरेको थिएँ । बारम्बार बिदा लिन अप्ठेरो हुने भएकाले मैले साथीभाइको सल्लाहमा घर आएकै बेला मोटरसाइकल किन्ने विचार गरेँ ।’ उनी भन्छन्, ‘तर आज अचम्म भयो । मलाई त विश्वासै लागिरहेको छैन ।’

इटहरीस्थित यामाहाको सोरुम तिरुपति अटो सिटीबाट यामाहा एफजीएस एफआई खरिद गरेका उनलाई नयाँ वर्षको योजना छ भन्ने थाहा भएको तर के पर्छ भन्ने थाहा थिएन । सोरुमबाट पाएको स्क्र्याच बुकको अन्तिम स्क्र्याचबाट उनी जिल्ल परे, त्यहाँ ‘१०० % क्यासब्याक’ लेखिएको थियो ।

पहिलो स्क्र्याचमा पाँच हजार रुपैयाँ डिस्काउन्ट पाएका उनले दोस्रोमा पफ्र्युम, तेस्रोमा कम र चौथोमा एयरफिल्टर उपहार स्वरुप पाए । पाँचौं तथा अन्तिम स्क्र्याचले उनमा खुशीको बहार नै ल्याइदियो । मोटरसाइकल किन्न पूराका पूरा पैसा लिएका गएका उनले निशुल्क मोटरसाइकल घर लान पाउने भए । उनले सोमबार नै गाउँघरमा खुसी बाँडिसकेका छन् । भन्छन्, ‘भोलि नै अफिस जान्छु र त्यहाँ पनि सबैलाई खुशीको खबर सुनाउँछु ।’

यामाहाले चैतको पहिलो साता आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् । जसमा पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ हुनेछ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया