बातावरण-कृषि
दाङका कृषकहरु घाँसको बिउ उत्पादनतर्फ आकर्षित
- Tuesday, Apr 03, 2018
- 09:12 AM ( 3 weeks ago )
- Total Views: 883
दाङ, चैत २० – दाङका कृषकहरु व्यवसायीकरुपमा घाँसको बिउ उत्पादनतर्फ लागेका छन् । घोराही उप–महानगरपालिका वडा नम्बर – ६ का १ सय ५० परिवार कृषकहरुले सहकारी नै गठन गरी बर्सिम जातको घाँसको बिउ उत्पादन गरिरहेको जिल्ला पशु सेवा कार्यालय दाङले जनाएको छ ।
दुई नम्बर प्रदेशको बारा र पर्सा जिल्लामा पनि बिउ उत्पादनका लागि घाँसको खेती हुने भए पनि दाङमा उत्पादन गरिएको बिउको माग बढीरहेको पशुसेवा कार्यालयको भनाई छ । यहाँका किसानले उत्पादन गरेको घाँसको बिउ देशभरका पशु सेवा कार्यालय तथा एग्रोभेटमार्फत विक्री भैरहेको छ । नगदेबालीबाट भन्दा घाँसको बिउबाट धेरै फाइदा हुने भएपछि किसानहरुले हिउँदे बालीका रुपमा बर्सिम घाँसको खेती गर्ने गरेको शिवशक्ति घाँसको बिउ उत्पादक सँघले जनाएको छ ।
गएको वर्ष यहाँका किसानहरुले करिब १ सय ३० क्विन्टल घाँसको बिउ विक्री गरेका थिए । २०५८ सालबाट घाँसको बिउ उत्पादन सुरु गरेका यहाँका किसानहरुले प्रति किलो दुई सय रुपैयाँका दरले सहकारीलाई विक्री गर्ने गरेका छन् भने सहकारीले २ सय ४० रुपैयाँका दरले जिल्ला भित्र र बाहिर विक्री गर्ने गरेको छ । बिउ उत्पादनका लागि घाँसको खेती हुन थालेको क्षेत्रमा उन्नत जातका पशुपालन गर्नेहरु पनि बढ्दै गएको पशु सेवा कार्यालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरु
-
स्याउ फुलेर सेताम्मे (फोटो फिचर)
जुम्ला, वैशाख १ – जुम्लामा व्यवसायिक स्याउ खेती फष्टाउँदै गएको छ । डाँडा पाखामा पनि स्याउ रोप्ने होडबाजीले जुम्लामा स्याउ व्यवसाय फष्टाउँदै गएको छ ।
-
कृषि बिमामा छैन किसानको चासो
रुकुम, वैशाख ११ – रुकुममा चालु आर्थिक वर्षमा एक जना कृषकले पनि कृषि बिमा गरेका छैनन् ।
-
गर्नु गर्याै रामजी भैँसी पालेर...
मासिक एक लाखको कारोबार हुन्छ, सबै खर्च कटाएर पनि मासिक ५० हजारभन्दा बढी रुपैयाँ बच्ने गरेको छ,’ उहाँले भन्नुभयो, ‘दूध बेचेरै वार्षिक लाखौँ कमाई हुन्छ ।’
-
उपत्यकामा औसतभन्दा धेरै वर्षा
काठमाडौं, वैशाख ९ – उपत्यकामा अप्रिल महिनामा औसत भन्दा धेरै वर्षा भइसकेको मौसमविदले बताएका छन् ।
-
चितवन राष्ट्रिय निकुञ्जले किन बंगुर र माछा खान रोक्यो ?
चितवन वैशाख ७ – बंगुरको मासु खान प्रतिबन्ध लगाएको चितवन राष्ट्रिय निकुञ्जले पछिल्लो समय माछा खान प्रतिवन्ध लगाएको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस