MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​३ वर्ष हुँदा हराएकी छोरी २४ वर्षको खोजपछि भेटिइन

चैत २० – चीनको दक्षिण पश्चिममा रहेकाे च्येङ्डू शहरमा एक दम्पतीले सबैभन्दा ठूलो उपहार पाएका छन् ।

आफ्नी छोरी हराएको २४ वर्षपछि दम्पतीले छोरी भेट्टाएका छन् । चीनको च्येङ्डू शहरका वाङ मिङक्वीङले २४ वर्षपछि छोरी पाएपछि खुशी भएका छन् । प्रहरीले मिङक्वीङ दम्पतीले २४ वर्षसम्म निरन्तर खोजेकी छोरी भेटिएको बताएको हो ।

चीनको जिलिन प्रदेशमा रहेकी वाङ क्वीफेङ वान मिङक्वीङकी छोरी रहेको खुलासा भएको हो । वाङ मिङक्वीङले हराएकी छोरी खोज्न ट्याक्सी ड्राइभरको काम गर्दै आएका थिए । उनकी छोरी क्वीङफेङ सन् १९९० मा जन्मेकी थिइन् । सन् १९९४ को जनावरी ८ मा मिङक्वीङको दम्पती सडकमा फलफूल बेच्ने क्रममा ग्राहकसँग बोल्दै गर्दा क्वीङफेङ हराएकी थिइन् ।

त्यसपछि ती दम्पतीले हराएकी छोरी खोज्न यात्रामा निस्केका थिए । दुई दशकसम्म ती दम्पतीले छोरी पाउने आशामा प्रहरी कार्यालय, बाल कल्याण सेन्टर, अनलाइन र पत्रिकामा विज्ञापन गरेर छोरीको खोजी गरेका थिए । उनीहरु अझै पनि हराएकी छोरीको खोजीमा लागिरहेका थिए ।

वाङ दम्पतीको अर्की छोरी पनि छिन् । उनीहरुले हराएकी छोरीको खोजीका लागि तिनै छोरीको फोटो देखाएर हराएकी छोरीको खोजीमा हिँडेका थिए । वाङ मिङक्वीङ छोरी खोज्नकै लागि सन् २०१५ मा ड्राइभर बनेका थिए ।

ड्राइभरको जागिरले उनलाई खानका लागि केही पैसा पनि आएको थियो । तर, उनको ड्राइभर बन्ने उद्देश्य पैसा कमाउने नभएर छोरी हराएको खबर धेरैलाई सुनाउने र छोरीको खोजी गर्ने थियो । उनले चलाएको गाडीमा चढ्ने यात्रुलाई उनी छोरीको फोटो, ठेगाना तथा सम्पर्क नम्बर भएको कार्ड थमाउथे र सबैलाई खोजीदिन आग्रह गर्थे ।

उनको त्यो छोरी खोजिरहेको सूचना चीनको स्थानीय पत्रिका ‘सिचुवान’ले प्रकाशित गरेपछि त्यो खबर चीनभर फैलिएको थियो । क्याङ यीङले त्यो समाचार इनटरनेटको माध्यमबाट त्यो सूचाना पढेपछि वान मिङक्वीनसँग सम्पर्क गर्न सफल भएकी थिइन् ।

त्यसपछि उनले आफ्नो डिएनएको जानकारी प्रहरीको पठाएकी थिइन् । डिएनए मिलेपछि उनी र ती दम्पतीले खुशी व्यक्त गरेका थिए ।

वाङ दम्पतीले मंगलबार नै छोरीसँग भेटघाट गरेर खुशी साटेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया