MENU

बातावरण-कृषि

ujyaalo forign call inside

​अझै केही दिन पानी पर्ने

काठमाडौं, चैत २१ – काठमाडौं उपत्यका र आसपासमा अझै केही दिन पानी पर्ने मौसमविदले बताएका छन् । बितेको २४ घण्टामा काठमाडौंमा मात्रौ ५४ दशमलव ७ मिलिलिटर पानी परेको छ ।

सामान्यतया अप्रिल महिनामा काठमाडौंमा ६१ मिलिमिटर पानी पर्ने गरेकोमा यसपाली चार दिनमा ५५ दशमलव २ मिलिमिटर पानी परिसकेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिले प्रिमनसुनी गतिविधि सक्रिय भएकाले उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको हो । अझै केही दिन बिहान मौसम खुलेजस्तो भए पनि दिउँसोपछि बदली भई मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । 

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भै केही ठाउँमा पानी पर्ने मौसमविद कँडेलले बताउनुभयो । आज पनि पूर्व र मध्य क्षेत्रको मौसम सामान्यतया बदली हुँदा पश्चिमको मौसम आंशिक बदली हुनेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया