MENU

अर्थ

​रियाल, दिर्हाम, दिनार लगायतका मुद्रा कमजोर

काठमाडौं, चैत २१ – मंगलबारको तुलनामा आज रियाल, दिर्हाम लगायतका मूद्राको मुल्य कमजोर भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४९ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८३ पैसा र विक्रिदर २६ रुपैयाँ ९८ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र विक्रिदर ९ रुपैयाँ ८८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४५ रुपैयाँ ९२ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ९२ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ०६ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया