MENU

साहित्य/ कला

ujyaalo forign call inside

​रुखलाई प्रमुख अतिथी राखेर जापानमा हाइकु संग्रह विमोचन

चैत २१ – जापानको टोक्योमा एक कार्यक्रमकाबिच ‘तातेसिना हाइकु संग्रह’को विमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फूल हेर्ने पर्व)को अवसर पारेर हाराज्युकु पार्क भित्र संग्रह विमोचन गरिएको हो । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्यप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु संकलनको सम्पादक हाइकु कवि प्रकाश पौडेल ‘माइला’ हुनुहुन्छ । कार्यक्रममा दर्जनौ स्रस्टाको उपस्थिती रहेको थियो । उनीहरुले आफ्ना रचना प्रस्तुत गरेका थिए । च्याप्टरका अध्यक्ष दिप पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी साकुराको रुखलाई मानिएको थियो ।

नागानो प्रिफेक्चर अन्तर्गत रहेको तातेसिना भन्ने ठाउँमा गएको वर्ष चार दर्जन कविले स्थलगत रुपमा लेखेका हाइकुलाई समेटेर तातेसिनालाई पुस्तक आकार दिइएको हो । पुस्तकमा प्रा. रामकुमार पाँडे र प्रकाश पौडेल माइलाको खोजमुलक सैद्धान्तिक कार्यपत्र पनि समावेश छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया