MENU

अर्थ

ujyaalo forign call inside

नेप्सेको वेबसाइटमा समस्या, लागानीकर्ता अन्यौलमा

काठमाडौं, चैत २१ – नेपाल स्टक एक्सचेञ्च (नेप्से)को वेबसाइटमा समस्या देखिएको छ । वेभसाइट नचलेपछि लगानीकर्ताहरु सेयर बजारको बारेमा जानकारी लिन पाइरहेका छैनन् । सर्भरमा समस्या देखिएपछि वेबसाइट खुलेको छैन ।

तर नेप्सेले भने इन्टरनेटको समस्याले पनि यस्तो भइरहेको जानकारी दिएको छ । समस्या समाधान गर्नका लागि पहल भइरहेको नेप्सले जानकारी दिएको छ । बजारका सूचना र जानकारीहरु नपाउँदा लगानीकर्ताहरु अन्योलमा परेका छन् । 

बजार खुलेको ३५ मिनेटसम्म नेप्से ७ अंकले उकालो लागेको छ । यसबीचमा एक करोड २० लाख बढीको कारोबार भएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया