MENU

मनोरञ्जन

​कपिलकी बहिनीले सुनिलसँग हात मिलाएपछि...

चैत २१ – चर्चित भारतीय हाँस्य कलाकार सुनिल ग्रोवर आफ्नो नयाँ शो लिएर निकै चर्चामा छन् । यसै क्रममा ‘बिग बोस ११’ मा फेम शिल्पा शिन्देसँग टेलिभिजनमा कार्यक्रम गरिरहेका सुनिल ग्रोवरले मंगलबार आफ्नो नयाँ कार्यक्रम ‘धन धना धन’को सुटिङ नयाँ टिमसँग गरेका छन् ।  

जसको तस्बिर कपिल शर्माकी धर्म बहिनी सुगन्धा मिश्राले ट्विटरमा सार्वजनिक गरेकी छिन् । तस्बिरमा उनी पनि सुनिलको नयाँ टिममा देखिएकी छिन् । एउटा तस्बिरमा सुगन्धा र अली अस्गरले चियर लिडरको आउटफिट लगाएका छन् । यी दुईको बीचमा शिल्पा शिन्दे छिन् । 

खबरका अनुसार यो हाँस्य कार्यक्रमको नाम ‘धन धना धन’ हुनेछ । जुन जिओ टेलिभिजनमा हप्तामा दुई पटक प्रशारण हुनेछ । आईपीएल सुरु भएसँगै यो कार्यक्रम प्रसारित हुनेछ । 

गएको वर्ष अष्ट्रेलियाको एक कार्यक्रमबाट फर्किने क्रममा कपिलको सुनिल ग्रोबरसँग झगडा भएको थियो । जसका कारण सुनिलले उनको शो ‘कमेडी नाइट्स विथ कपिल’ छोडेका थिए ।

त्यसपछि विभिन्न स्टेज शो गरिरहेका  सुनीलले लामो समयपछि आफ्नै रियालिटी शो ल्याउने भएका छन् भने कपिलले ‘कमेडि नाइट्स विथ कपिल’ छोडेर नयाँ ग्याम शो ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ ल्याएका छन् ।

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया