MENU

बातावरण-कृषि

साइकल यात्राको लागि अन्नपूर्ण पदमार्ग उपयुक्त र लोभलाग्दो : क्रिष्टिना

श्यामशितल परियार/उज्यालो ।             

लमजुङ, चैत २२ – लमजुङबाट सुरु हुने प्रसिद्ध अन्नपूर्ण पदमार्गमा पछिल्लो समय साइकल यात्रीको आकर्षण बढेको छ । अन्नपूर्ण पदमार्ग निकै आकर्षक छ । माथिल्लो मनाङसम्म फराकिलो र चौडा सडक बनेको छ । सडक बनेसँगै साइकल यात्रीको आकर्षण पनि बढेको छ । 

पछिल्ला दिनहरुमा यस पदमार्गमा  प्राय: दैनिकजसो विदेशी पर्यटकहरु साइकलमा आउने गरेको पर्यटन सूचना केन्द्रले जनाएको छ । पैदल यात्राको लागि साहसिक मानिएको अन्नपूर्ण पदमार्गमा पछिल्लो समय नेपालसहित विभिन्न देशका पर्यटकहरु साइकलमा आउन थालेका छन् । 

जानकारहरुका अनुसार विशेषगरी अन्नपूर्ण पदमार्गमा अष्ट्रेलिया, इजरायल, जर्मनी, फ्रान्स, बेलायत, अमेरिकाका पर्यटक आउने गर्दछन् । उच्च हिमाली क्षेत्र अन्तर्गत पर्ने यो पदमार्गमा प्रतियोगितात्मक तथा अप्रतियोगी साइकल यात्रा हुन थालेको छ । भौगोलिक रुपमा विकट भए पनि साइकल यात्राको लागि अन्नपूर्ण पदमार्ग उपयुक्त र लोभलाग्दो प्रकृति भएको साइकल यात्री पथ प्रदर्शक होल्याण्डकी क्रिष्टिनाले बताउनुभयो । 

अन्नपूर्ण पदमार्गमा साइकल यात्राको लागि आफू निकै उत्साहित रहेको बताउँदै बिदाको मौका छोपी अन्नपूर्ण पदमार्गमा साइकल यात्रा गर्न होल्याण्डदेखि आएको अर्का साइकल यात्री लियोनले बताउनुभयो । 

उहाँजस्तै अन्नपूर्ण पदमार्गमा साइकल यात्रा गर्न होल्याण्डदेखि अन्य थुप्रै पर्यटक आएका छन् । ‘प्रसिद्ध अन्नपूर्ण पदमार्गमा साइकल यात्रा निकै रोमाञ्चक बन्ने आशा छ,’ साईकल यात्रामा निस्कँनै लाग्दा बेसी शहरमा भेटिएका लियोनले भन्नुभयो ।

अन्नपूर्ण पदमार्गमा ‘वर्ल्ड टु बाइक’ नामक संस्थाले वार्षीक दुई पटक विभिन्न देशका पर्यटकहरुलाई साइकल यात्रा गराउँदै आएको छ । प्रत्येक वर्ष ‘याक याट्याक्ट’ प्रतियोगिता पनि हुने गरेको छ ।

बेसी शहरबाट सुरु हुने यात्रा मनाङको ताल, सदरमुकाम चामे, माथिल्लो मनाङ, याकखर्क, बेसक्याम्प, ५ हजार ४ सय १६ मिटर उचाइको थोरङ्ला भञ्ज्याङ हुँदै जोमसोम, म्याग्दीको तातोपानी हुँदै पोखरा पुगेर टुङ्गिने गर्दछ । पर्यटकहरु अन्नपूर्ण पदमार्गमा एक हप्तादेखि एक महिनासम्म बिताउने गर्दछन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया