मनोरञ्जन
कालो हरिण मारेको आरोपमा सलमान खानविरुद्ध आज फैसला सुनाइँदै, जेल सजाय हुन सक्ने
- Thursday, Apr 05, 2018
- 11:21 AM ( 3 weeks ago )
- Total Views: 3.4 K
चैत २२ – जोधपुरको एउटा अदालतले कालो हरिणको शिकार गरेको आरोपमा दुई दशकपछि अभिनेता सलमान खान, सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमा कोठारीविरुद्ध बिहीबार आफ्नो फैसला सुनाउँदैछ ।
मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले सन् १९९८को यो मुद्धाका बारेमा २८ मार्चमा पूरा सुनुवाई गर्दै फैसला पछि सुनाउने घोषणा गरेका थिए । फैसला सुनाउने क्रममा आरोपी सबै कलाकार अदालतमा उपस्थित रहनेछन् ।
केही बेरमा अदालतले फैसला सुनाउने बताएको छ । अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सलमान खान मुम्बई विमानस्थलबाट चार्टड विमानमा बहिनीहरु अलविरा अग्निहोत्री र अर्पिता खान शर्माको साथमा जोधपुर पुगिसकेका छन् । आरोपी अन्य कलाकार पनि जोधपुर पुगिसकेका छन् ।
Jodhpur: Salman Khan arrives at court, verdict in #BlackBuckPoachingCase to be pronounced shortly. pic.twitter.com/FpJPSRRY2r
— ANI (@ANI) April 5, 2018
यस्तो भएमा जेल बस्नुपर्छ सलमानले
यस मुद्धाका जानकारहरु बताउँछन् यदि सलमान खानलाई ३ वर्षको जेल सजाय सुनाइएमा उनलाई त्यति नै बेला बेल प्राप्त हुनेछ , यदि उनलाई ५ वर्षको जेल सजाय भएमा उनले कम से कम एक दिन जेलमा बिताउनुपर्नेछ । एक दिनपछि शनिबार र आइतबार भएकाले उनले तीन दिन जेलमा बस्नुपर्ने पनि हुन सक्छ ।
के हो घटना ?
यो घटना चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको दौरानमा घटेको थियो । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको यस चलचित्रको सुटिङको समयमा सलमान खानले कालो हरिण मारेको आरोप लागेको छ । साथै सलमानलाई उक्साउन सहयोग गरेको आरोपमा सैफ अली खानसहितका अन्य कलाकारको नाम पनि समावेश छ ।
सलमान खानलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था अन्य कलाकारलाई वन्यजन्तु संरक्षण कानुनको धारा ५१ त्था भारतीय दण्ड सहिंताको धारा १ सय ४२ अन्तरगत मुद्धा चलाइएको छ ।
के भन्छन् सरकारी वकिल ?
सरकारी वकिल भवानीसिंह भाटीका अनुसार त्यो रात सबै कलाकार जीपमा सवार थिए । जीप सलमानले चलाइरहेका थिए । हरिणको बथान देख्नेबित्तिकै सलमानले बन्दुक चलाएर दुइटा हरिण मारे ।
सरकारी वकिलका अनुसार जब गाउँका स्थानीयले कलाकारले हरिणमाथि गोली चलाएको देखे, उनीहरु मृत हरिणलाई त्यहीँ छोडे भागे । भाटीले कलाकारविरुद्ध आफूहरुसँग पर्याप्त प्रमाण रहेको बताए ।
सलमानका वकिल के भन्छन् त ?
यी आरोपलाई खण्डन गर्दै सलमानका वकिल एचएम सारस्वतले अभियोजन पक्षको प्रमाणमा बनावटीपन रहेको बताए। सारस्वतले अभियोजन पक्ष हिरण बन्दुककै गोलीबाट मारिएका थिए भन्ने प्रमाण पेश गर्न पनि विफल भएको बताए । यस्तोमा उनीहरुको जाँचको भरोसा गर्न नसकिने उनले बताए ।
सम्बन्धित सामग्रीहरु
-
करण जोहरको फिल्ममा करिनाका साथ सिद्धार्थको रोमान्स
वैशाख ९ – बलिउडकी अभिनेत्री करीना कपूर खान करण जोहरको फिल्ममा अभिनेता सिद्धार्थ मल्होत्रासँग काम गर्ने पक्का भएको छ ।
-
बद्रीको गीतमा आमाहरुले डाँको छोडेपछि...
बझाङ, वैशाख ८ – ‘अहिलेको सालमा नी आमा घरमा आँउदिन...’ स्टेजमा उक्लिएर भावुक हुँदै बद्री पंगेनीले गीत गाउन सुरु गरे ।
-
टाइम म्यागेजिनको प्रभावशाली सय व्यक्तिको सूचीमा दीपिका पादुकोण
वैशाख ७ – टाइम म्यागेजिनले संसारभरका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।
-
पाकिस्तानका अभिनेता जफरविरुद्ध यौन दुर्व्यवहार आरोप
वैशाख ७ – पाकिस्तानी अभिनेता तथा गायक अली जफरले धेरै बलिउड फिल्ममा काम गरिसकेका छन ।
-
सलमानको प्रेमिका बन्दैछिन् मौनी रोय
वैशाख ६ – सलमान खान अभिनित पछिल्ला फिल्महरुमध्ये ‘ट्यूबलाइट’ बाहेक हरेक फिल्म सुपरहिट भएका छन ।
-
एन्फाको चुनाव वैशाख २२ गते हुने
काठमाडौं, वैशाख ८ – अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख २२ गते शनिबार काठमाडौंमा हुने भएको छ । एन्फाको निर्वाचन समितिले आइतबार चुनावको मिति तोकेको हो ।
- ओली भन्छन : देउवाले गति छाडे, जे पनि बोल्न थालेका छन्
- शिक्षक व्यवस्थापनमा कानुन अभाव, अधिकारविहीन जनप्रतिनिधि !
- जापानमा सम्पन्न तेक्वान्दोमा नेपाललाई तीन स्वर्ण
- डोटीका सबै जनप्रतिनिधिलाई राजीनामा दिन विप्लव समूहको धम्की
- दक्षिण एशियाली जुडोमा भारतको बर्चश्व
- जन्तेढुङ्गा गाउँपालिकाका सबै विद्यालय अंग्रेजी माध्यममा सञ्चालन हुने
- भारतको कोठीबाट दुई नेपाली चेलीको उद्धार
- चेलिबेटी बेचबिखनमा सम्लग्न वडा अध्यक्ष जेल चलान
- सुरुङ मार्ग ३ नम्बर प्रदेश सरकारको प्राथमिकता
प्रतिक्रिया दिनुहोस