MENU

मनोरञ्जन

​सलमान खान जेलमै बस्नु परे बलिउडको कति करोड डुब्ला ?

चैत २२ – जोधपुर अदालतले कालो हरिण मारेको आरोपमा सलमान खानलाई दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ ।

 

यदि सलमानले पूरा सजाय जेलमै बिताउनु परेमा बलिउडको करोडौं रुपैयाँ डुब्नेछ । 

सन् १९९९ मा रिलिज भएको चलचित्र ‘हम साथ साथ हैँ’ को छायांकनको दौरानमा कालो हरिण मारेको आरोपमा सलमानलाई दोषी ठहर गरेको हो ।

 

अहिलेको बलिउड बजारमा सलमान खानमा लगभग ४ सय करोडको लगानी रहेको छ ।

१ सय ५० करोडको ‘रेस ३’

अहिले सलमान खान चलचित्र ‘रेस ३’ छायांकनमा व्यस्त रहेका छन् । सलमान खान प्रमुख भूमिकामा रहेको यस चलचित्रको बजेट १ सय ५० करोड रहेको छ । यदि सलमान खान धरौटीमा रिहा हुन सकेन भने यस चलचित्रका निर्माताको ठूलो रकम फस्नेछ ।

 

‘दबङ ३’ को बजेट १ सय करोड

‘दबङ’ को तेस्रो भाग ‘दबङ ३ ’ को छायांकन सुरु हुनै लागेको छ । यो चलचित्रको दुवै भागमा सलमान खान र सोनाक्षी सिन्हाले अभिनय गरेका थिए । यसको बजेट झण्डै १ सय करोड रहेको छ । 

धेरै फिल्मको प्रि–प्रोडक्सन सुरु

फिल्म ट्रेड समीक्षक अमोद मेहराका अनुसार ‘रेस ३’ अलावा उनको ‘दबङ ३’, ‘किक २’ तथा ‘भारत’ लगायतका चलचित्रको भने छायांकन सुरु भएको छैन । तर यी फिल्मको प्रि–प्रोडक्सन भने सुरु भैसकेको छ । जसमा १ सय करोडभन्दा बढी खर्च भैसकेको छ । 

टेलिभिजन शोमा पनि ठूलो लगानी

सलमान खानमाथि केवल चलचित्रमा मात्रै होइन, टेलिभजन रियालिटी शोमा पनि ठूलो बजेट खर्च गरिएको छ । 

सलमान खान दश वर्षपछि ‘दस का दम’ लिएर आउँदैछन् । यो गेम शोको प्रोमो सार्वजनिक भैसकेको छ । छिट्टै सुरु हुने यो शोको होस्ट सलमानले गर्ने तय भएको छ ।

अमोद मेहरा भन्छन्, ‘दसका दम २’ शोको लागि च्यानलले ठूलो खर्च गरिसकेको छ । यस्तो अवस्थामा इन्डस्ट्रीलाई नोक्सान त हुन्छ नै साथसाथै सलमान खानको करिअरमै पनि ठूलो धक्का पुग्न सक्छ ।’

सलमान खान ती सुपरस्टारमध्येका एक हुन् जसमा फिल्म उद्योग धेरै नै निर्भर रहेको छ । यदि उनलाई जमानत प्राप्त भएन भने उनीमाथि गरिएको लगानी डुब्ने सम्भावना धेरै रहेको छ । 

सलमान खानलाई जोधपुरमा रहेको सेन्ट्रल जेलमा राखिएको छ । उनलाई जमानत प्राप्त हुन्छ हुँदैन भन्ने बारेमा भने शुक्रबारसम्म पर्खनुपर्ने बताइएको छ ।  

–बीबीसी हिन्दीको सहयोगमा

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया