MENU

मनोरञ्जन

सिने बजारमा यो वर्ष चर्चामा रहेका प्रेमसम्बन्ध ?

काठमाडौं, चैत २२ – बुधबार सिनेमा ‘तिमीसँग’को प्रिमियर गरियो ।

सिनेमा हेरिसकेपछि धेरैले सिनेमा राम्रो बनेको प्रतिकृया दिइरहेका छन् । कार्यक्रममा सिनेमाकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आकर्षक लुक्समा प्रस्तुत भएकी थिइन् । उनको लुक्सले धेरैलाई आकर्षित गर्यो । यसका अलावा कार्यक्रममा उनका प्रेमी भनिएका मयंक खड्काको उपस्थिति पनि थियो । जसले अहिले चर्चा पाइरहेको छ ।

यो वर्ष चर्चामा रहेका प्रेमसम्बन्ध

प्रायः एक साथ देखिने साम्राज्ञी र मयंक प्रेममा रहेको चर्चा यो वर्ष खुबै भयो । तर साम्राज्ञीले मयंक आफ्नो मिल्ने साथी मात्र भन्दै आएकी छिन् । साम्राज्ञीको यो भनाईलाई उनीहरुले बिताएका पल र सामाजिक सञ्जालमा उनीहरुले सेयर गरेका तस्बिरहरुले सबैलाई पनि विश्वास गर्न दिएको  छैन । उनीहरु एकअर्काको प्रेममा रहेको कुरा उनीहरुको एकअर्का प्रतिको व्यवहार र केयरले नै देखाउँछ ।

यो वर्ष चर्चामा रहने यो प्रेमसम्बन्ध मात्रै भने हैन । यसका अलावा अन्य केही प्रेम सम्बन्धहरु पनि छन् जो यस वर्ष चर्चामा रहे । आज हामी ती प्रेम सम्बन्धहरुको बारेमा चर्चा गर्दैछौँ ।

प्रियंका र  आयुष्मान

यो वर्ष सर्वाधिक चर्चामा रहेको प्रेम जोडी हो अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठको । आफूभन्दा कान्छालाई प्रेमी बनाएको भन्दै प्रियंकाको आलोचना गर्नेहरु धेरै भएका कारण यो प्रेमसम्बन्धले अरुको तुलनामा बढी नै चर्चा पाएको हो । यसका अलावा  प्रियंकाले  एकपटक विवाह गरेर सम्बन्ध विच्छेद गरेका कारण पनि यो प्रेमको चर्चा बढ्यो ।

यसै वर्षको एनएफडिसी अवार्डमा आयुष्मानले आधिकारिक रुपमै प्रियंकालाई पे्रमिका भनेर घोषणा गरेका थिए । यसअघि लुकिछिपी माया गर्ने उनीहरुले यो घोषणापछि सार्वजनिक रुपमै प्रेम देखाउन थाले । धेरैले उनीहरुको प्रेम उत्ताउलो भएको पनि भन्दै आएका छन् ।

सौगात मल्ल र श्रृष्टी श्रेष्ठ

अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठको प्रेम सम्बन्धले पनि यो वर्ष चर्चा पायो । यी दुईको प्रेमको चर्चा गएको वर्षदेखि नै भएको थियो । तर यसै वर्ष सौगात मल्लले आफू सृष्टीको प्रेममा भएको  आधिकारिक घोषणा नै गरे । सिनेमा ‘पञ्जेबाजा’को प्रचारप्रसारका क्रममा उनले हामीसँग कुराकानी गर्दै आफ्नो विवाह पनि श्रृष्टीसँगै हुने दावी गरेका छन् ।

केही समयअघि मात्रै सौगातसँग कुरा नमिलेका कारण श्रृष्टिले आत्महत्या गर्न खोजेको र हातको नशा काटेको खबरले पनि यी दुईको प्रेमको चर्चा बढेको थियो । तर पछि यो एउटा दुर्घटना भएको भन्दै श्रृष्टीले यसमा सौगातको दोष नभएको बताएकी थिइन् ।

दीपिका प्रसाई र दिवाकर भट्टराई

सिनेमा ‘ऐश्वर्य’ हिट भएसँगै अभिनेत्री दीपिका प्रसाईँ र सिनेमाका निर्देशक दिवाकर भट्टराईको प्रेमको चर्चा पनि भयो । यी दुईको सिनेमा ‘ऐश्वर्य’को छायाकंनदेखि निकटता बढेको खबर छ ।

दीपिकाको प्रेममा परेकै कारण निर्देशक दिवाकर भट्टराईले आफूले निर्देशन गर्न लागेको आउँदो  सिनेमा ‘क्याप्टेन’मा दीपिकाको नाम सिफारिस गरेको खबर पनि थियो । तर निर्माताले यो खबर गलत भएको बताए ।

आफूहरुको प्रेमको चर्चा चले पनि उनीहरुले भने यस खबरलाई स्वीकारेका छैनन् । निकट स्रोतका अनुसार उनीहरुले आफ्नो प्रेमलाई गोप्य राख्नमै जोड दिएका छन् । 

सबिन श्रेष्ठ र अनु शाह

अभिनेता सबिन श्रेष्ठ र अभिनेत्री अनु शाहको प्रेमले पनि यो वर्ष चर्चा पायो । यी दुईको त प्रेम मात्रै हैन विवाहको पनि चर्चा चल्यो । सुटुक्क कानुनी विवाह गरेको भन्दै विभिन्न अनलाइन पोर्टलमा खबरहरु पनि छापिए ।

तर यी सबै कुरामा सबिन र अनु भने मौन रहे । विवाहको कुरा आइसक्दा पनि उनीहरुले यस विषयमा खुलेर कुराकानी गरेका छैनन् ।

सलिनमान बानिया

सिनेमा ‘ए मेरो हजुर २’ बाट यहि वर्ष सिने नगरीमा भित्रिएका अभिनेता सलिनमान बनियाको प्रेमले पनि यो वर्ष निकै चर्चा पायो । सलिन अस्प्रिना श्रेष्ठको प्रेममा छन् ।

यस वर्ष सलिनको जन्मदिनमा अस्प्रिनाले र अस्प्रिनाको जन्मदिनमा सलिनले एकअर्कालाई सरप्राइज दिए र सामाजिक सञ्जालमा एक अर्काले माया भन्दै धन्यवाद समेत दिए । सलिनकी प्रेमिका अस्प्रिना प्रोफेशनल मेकअप आर्टिष्ट हुन् ।

वर्षा राउत र संजोग

गएको वर्ष प्रेमी सार्वजनिक गरेकी वर्षा राउतको प्रेम सम्बन्धको भने यो वर्ष खासै चर्चा भएन । तर उनीहरुको प्रेमको निरन्तरताले चाहिँ चर्चा पायो । धेरैले उनीहरुको प्रेम यसरी अघि बढेको देख्दा दंग पनि मानिरहेका छन् ।

वर्षा र संजोग प्रायः समय एकसाथ नै बिताउँछन् । उनीहरु प्रेमीप्रेमिका मात्रै नभएर बिजनेस पार्टनर पनि हुन् । यहि कारण पनि यी दुई प्राय एकसाथ देखिन्छन् ।

स्वरुपपुरुष ढकाल र सम्पदाका नाम बिनाका प्रेमीप्रेमिका 

यही वर्ष सिनेमा ‘छक्का पञ्जा २’बाट ब्रेक लिएका अभिनेता स्वरुपपुरुष ढकालले पनि सामाजिक सञ्जालबाट यसै वर्ष प्रेमिका सार्वजनिक गरे । उनले सामाजिक सञ्जालमा केही तस्बिरहरु सेयर गरे तर प्रेमिकाको नाम भने सार्वजनिक गरेनन् । 

स्वरुपको जस्तै मोडल सम्पदा बानियाले यसै वर्ष आफ्ना प्रेमी सार्वजनिक गरिन् । उनले सामाजिक सञ्जालमा प्रेमीसँगको एक तस्बिर सेयर गर्दै मिस्टर परफेक्ट लेख्न भ्याइन् तर प्रेमीको नाम भने खलाउन चाहिनन् । जानकारी अनुसार उनी दुई वर्षदेखि प्रेममा छिन् ।

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया