अर्थ
१० बुँदै घोषणा पत्र जारी गर्दै सकियो सहकारी सम्मेलन
- Thursday, Apr 05, 2018
- 19:16 PM ( 3 weeks ago )
- Total Views: 1.5 K
काठमाडौं, चैत २२ – १० बुँदै घोषणा पत्र जारी गर्दै दुई दिनसम्म चलेको दोश्रो राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएको छ ।
दिगो विकास लक्ष्य पूरा गर्न सरकार, निजी क्षेत्र तथा सहकारीसहितको तीनखम्बे अर्थनीतिलाई अवलम्बन गरी समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा प्रतिवद्ध रहने घोषणपत्रमा उल्लेख छ ।
संवैधानिक व्यवस्था अनुरुप संघ, प्रदेश र स्थानीय सरकारले बनाउने ऐन, कानुन, नीतिमा एकरुपता ल्याउन तथा सहकारी मैत्री बनाउन आपसी समन्वय र सहकार्य गर्ने, सहकारीको स्व–नियमन प्रणाली प्रभावकारी बनाउनेलगायत १० बुँदे घोषणा पत्र जारी गर्दै दोस्रो सहकारी महासम्मेलन सम्पन्न भएको हो ।
मंगलबारदेखि सुरु भएको महासम्मेलनले पिछडिएका, गरिब, सिमान्तकृत तथा वित्तिय क्षेत्रमा पहुँच नपुगेकाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने उद्देश्य अनुसार १० बुँदे घोषणपत्र जारी गरेका हो ।
घोषणपत्रमा गरिब तथा सिमान्तकृत नागरिकको सीप तथा क्षमता अभिवृद्धि गराउने, संविधानमा प्राप्त छुट, सुविधा तथा सहुलियतहरुको उपयोगका लागि आवश्यक पहल चाल्ने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गर्ने, सहकारी, निजी र सरकारको साझेदारीमा व्यवसायिक कृषिको अवधारणा ल्याउँदै कृषि उत्पादन, प्रशोधन र बजारीकरण वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग गर्ने लगायतका विषयबस्तुमा जोड दिइएको छ ।
यस्तै, सबै तहका सहकारी संघ संस्थाहरुलाई व्यवसायीक बनाउने, सहकारी बिमा तथा सामाजिक सुरक्षण कार्यक्रम लागु गर्ने, पिछडिएका भौगौलिक क्षेत्रमा सहकारीको पहुच वृद्धि तथा अत्याधिक संख्यामा सहकारीहरू स्थापना भएका स्थानमा सहकारीबीच एकीकरण गर्ने लगायतका विषय पनि घोषणा पत्रमा परेका छन् ।
दुई दिनसम्म चलेको महासम्मेलनमा नेपालका ७३ जिल्लासहित भारत, चीन, भुटान, बंगलादेश, पाकिस्तान, जापान, कोरियालगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सम्बन्धित सामग्रीहरु
-
दिर्हाम, दिनार र रियालको मूल्य बढ्यो, कोरियन वन भने घट्दै
काठमाडौं, वैशाख ११ – मंगलबार युएई दिर्हाम, रियाल र दिनारको मूल्य केही पैसाले बढेको छ । कोरियन वन भने सोमबारको तुलनामा कमजोर भएको छ ।
-
कोरियन वन कमजोर, रियाल, रिंगिट र दिर्हाम स्थिर
काठमाडौं, वैशाख १० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ ।
-
पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्
काठमाडौँ, वैशाख ९ – तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई १४ करोड राजश्व तिर्न अटेर गरेका छन् ।
-
नेप्से ५० अंकले बढ्यो, १ अर्ब २३ करोड रुपैयाँको शेयर कारोबार
काठमाडौं, वैशाख ९ – कारोबारमा आएका सबैजसो कम्पनीका शेयरको मूल्य बढेपछि शेयर बजार परिसूचक नेप्से आइतबार एकैदिन ५० अंकले उकालो लागेको छ ।
-
दैलेखमा डिजेल/पेट्रोल अभाव
दैलेख, वैखाख ९ – दैलेखमा डिजेल/पेट्रोल अभाव भएको छ । पेट्रोल अभावका कारण यातायात सेवा प्रभावित भएको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस