MENU

अर्थ

ujyaalo forign call inside

सहकारी नभएको भए मैले पढ्नै पाउँथिन : प्रचण्ड

काठमाडौं, चैत २२ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सुशासन, स्थिरता र विकास अबको संकल्प रहेको भन्दै यसलाई सहकारीको माध्यमबाट मात्रै पूरा गर्न सकिने बताउनुभएको छ । 

राजधानीमा जारी दोश्रो राष्ट्रिय सहकारी महासम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै उहाँले सहकारीलाई नेपालको मौलिक मोडलमा ढालेर देशको समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।  

सार्वजनिक, निजी र सहकारीको माध्यमबाट देश विकासको मोडालिटी तयार गरेको भन्दै उहाँले अबको सरकारले सुशासन र स्थायित्वलाई प्राथमिकता दिएको पनि बताउनुभयो । 

‘अब सहकारिताकै माध्यमबाट सबैलाई धनी, शिक्षित र समृद्ध बनाइन्छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘म आफै पनि एउटा गरिब किसानको छोरो, मैले पनि सहकारीकै  माध्यमबाट उच्च शिक्षा अध्ययन गरेको हुँ, सहकारी नभएको भए म पढ्नबाट बञ्चित हुने थिएँ ।’ 

छोटो अवधिमा नै नेपालको सहकारी आन्दोलन उचाइमा पुगेको उल्लेख गर्दै उहाँले अब व्यवसायिक दक्षता अभिवृद्धिमा ध्यान दिन सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो । अब सहकारीको मोडल सिक्न विदेशीहरु नेपाल आउने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सहकारीलाई नेपालको आफ्नै मोडलमा ढालेर व्यवसायिक बनाउन आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरिल ग्वार्कोले सहकारीले आर्थिक र सामाजिक विकासमा उच्च योगदान दिएको बताउनुभयो । सामाजिक न्यायका क्षेत्रमा नेपालको सहकारीले रचनात्मक काम गरेको उहाँको भनाई थियो । 

भारतीय सहकारी संघका अध्यक्ष चन्द्रपालसिंहले दीगो विकासका लागि सहकारीले महत्वपूर्ण योगदा दिने बताउनुभयो । ‘देशको संमृद्विका लागि सहकारीको भूमिका उच्चतम हुन्छ’ उहाँले भन्नुभयो । देशको विकास र असमानता अन्त्य गर्दै सहकारीले उत्पादन र विकासका लागि जोड दिनुपर्ने बताउनुभयो । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले महासम्मेलनपश्चात सन् २०२० सम्म निर्दिष्ट गरेको लक्ष्य पूरा गर्नेमा विस्वस्त रहेको बताउनुभयो । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले महासम्मेलनले सहकारीको स्पष्ट कार्यदिशा तय गरेको जानकारी दिनुभयो । ‘अब सहकारीले आर्थिक विकासमा महत्वपूर्ण योगदान दिन सक्छ, त्यसका लागि गाइडगाइन तय भएको छ’ उहाँले भन्नुभयो । सरकारले  प्रत्येक स्थानीय तहमा एकजना अधिकृततहको कर्मचारी राख्नुपर्ने, हरेक तहमा सरकारले तालिम, प्रशिक्षण, पूर्वाधारमा ध्यान दिनुपर्ने बताउनुभयो । 

दुई दिनसम्म सञ्चालन भएको सहकारी महासम्मेलनमा ११ वटा कार्यपत्र प्रस्तुत भएका थिए । कार्यक्रममा मलेसिया, सिंगापुर, जापान, भारत, थाईल्यान्डलगायतका सहकारीकर्मी सहभागी भएका थिए । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया