MENU

मनोरञ्जन

माहोगनी जोन्सको ब्याण्डले काठमाडौं र वीरगञ्ज तताउने

काठमाडौँ, चैत २२ – अमेरिकी चर्चित गायिका माहोगनी जोन्सको ब्याण्डले काठमाडौं र पर्साको वीरगञ्जमा कन्सर्ट गर्ने भएको छ ।

 

संगीतको एक विधाका रुपमा अमेरिकामा चर्चित रहेको हिपअप माहोगनी जोन्सको ब्याण्डले नेपालका युवाहरुलाई त्यसको पछिल्लो प्रचलनबारे पर्याप्त जानकारी दिनका लागि काठमाडौं र वीरगञ्जमा सांगीतिक कार्यक्रम कन्सर्ट गर्न लागेको हो । 

कन्सर्ट ललितपुरको जावालाखेलस्थित फुटबल खेल मैदानमा चैत २४ गते शनिबार हुनेछ । त्यसको दुई दिनपछि चैत २६ गते वीरगञ्जको आदर्शनगरमा पनि कन्सर्ट हुनेछ । वीररञ्जमा भने गायक शिव परियार, सुनिल पण्डित र सन्ध्या जोशीले पनि प्रस्तुति दिनेछन् ।


जावलाखेलको कन्सर्टमा लाहुरे, स्वप्न सुमन, सन्ध्या जोशी, कार्टुन क्रुजलगायतले पनि प्रस्तुति दिनेछन् । गायिका जोन्सले नेपालमा रहँदा सांगीतिक कार्यक्रमका साथै अन्तरक्रिया कार्यक्रम पनि गर्ने नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । 

‘हाम्रो आवाज, हाम्रो भविष्य : सांगीतिक कार्यक्रम २०१८’ नाराका साथ हुने कन्सर्टले नेपाल र अमेरिकी युवा नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने दुतावासको विश्वास छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया