MENU

मनोरञ्जन

ujyaalo forign call inside

​फ्राइडे सिनेमा : ‘तिमी सँग’ र ‘ब्ल्याक मेल’ प्रदर्शनमा

काठमाडौं, चैत २३ – यो साता घरेलु चलचित्र ‘तिमी सँग’ र बलिउड चलचित्र ‘ब्ल्याक मेल’ एकसाथ प्रदर्शनमा आएका छन् । 

शिशिर राणा निर्मित तथा निर्देशित घरेलु चलचित्र ‘तिमी सँग’मा लोकप्रिय नायिका साम्राज्ञीसँगै अभिनेता नाजिर हुसेन र आकास श्रेष्ठको मुख्य भूमिका रहेको छ । यो प्रेमकथामा आधारित चलचित्र हो । चलचित्रमा साम्राज्ञीले नाजिर र आकाशसँग रोमान्स गरेकी छिन् । 

चलचित्रको कथा शिशिरसँगै समुन्द्र उप्रेती, साकार ओझा र सुशील छेत्रीले तयार पारेका हुन् । प्रमोद कार्कीले छायाँकन गरेको यो चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रमा राहुल मुखर्जि, दिपक पाठक र रिदम कँडेलको सँगीत रहेको छ । 

यसै साता बलिउड चलचित्र ‘ब्ल्याक मेल’ पनि प्रदर्शनमा आएको छ । यस चलचित्रमा बलिउड अभिनेता इर्फान खान र अभिनेत्री कृती कुल्हारी मुख्य भूमिकामा देखिएका छन् । भने दिव्या दुत्ता, अरुनोदय सिंह, ओमी विद्यालगायतका कलाकारको पनि उत्तिकै भूमिका छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया