MENU

मनोरञ्जन

सलमानको जमानत टर्‍याे, आज पनि जेलमै बस्नुपर्ने

चैत २३ – कालो हरिण मारेको आरोपमा दोषी मानिएका बलिउड अभिनेता सलमान खानले शुक्रबार पनि जमानत पाउन सकेनन् । 

जोधपुरको सेसन्स कोर्टमा शनिबार फेरि यस मुद्धामा सुनुवाई हुनेछ । त्यसैले यो निश्चित छ कि आजको दिन पनि सलमानले जेलमै बिताउनु पर्नेछ । 

जोधपुरका स्थानीय पत्रकार नारायण बारेठका अनुसार जोधपु जिल्ला सत्र न्यायालयले शुक्रबार सलमानको जमानका बारेमा सुनुवाई थरे पनि तल्लो अदालतको रकर्ड नभएकाले शनिबारसम्म अर्को सुनुवाईका लागि पर्खनु पर्ने भएको हो । 

सलमान खानका वकिल महेश बोडाले जमानतका लागि आवेदन दिएका छन् । त्यसबेला सरकारी वकिल पनि उपस्थित थिए । तर अदालतले तल्लो अदालतको रेकर्ड नभएको भन्दै पूरा सुनुवाई गर्न सकेन । 

न्यायाधीशले दुवै पक्षलाई यस सम्बन्धमा पूरा फाइल उपलब्ध गराउन निर्देशन दिएको छ । ती फाइलको अध्ययनपश्चात नै न्यायाधीशले सलमानको जमानतका बारेमा फैसला सुनाउनेछन् । 

बिहीबार कालो हरिणको शिकार गरेको विषयमा न्यायाधीशले २ सय १ पृष्ठको लिखित फैसला सुनाएका थिए । फैसलामा न्यायाधीशले सलमान खान एक बहुचर्चित कलाकार भएको र उनको अनुसरण सर्वसाधारणले गर्ने बताएका छन् । यसका बाबजुद पनि सलमानले कालो हिरणको शिकार गर्नु गैरकानुनी मात्रै नभएर आम सर्वसाधारणलाई पनि भड्काउने खालको भएको फैसलामा भनिएको छ । 

यही मुद्धामा सलमान खान यसअघि पनि ८ दिन जेलमा बसिसकेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया