MENU

मनोरञ्जन

गाउँलेलाई बन्दुक देखाएर भागेका थिए सलमान खान

चैत २३ – हिन्दुस्तान दैनिकमा छापिएको समाचार अनुसार कालो हरिण(कृष्णसार) को शिकारपछि सलमान खान गाउँलेलाई बन्दुक देखाएर भागेका थिए । 

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै हिन्दुस्तान दैनिकले दावी गरेको छ, ‘कृष्णसारलाई मारेपछि गाउँका केही व्यक्तिले हिम्मत देखाउँदै सलमान खानको जीपको पछ्याएका थिए । आफूलाई गाउँलेले घरेपछि सलमानले बन्दुक देखाउँदै त्यहाँबाट भागेका थिए ।’ 

सलमान खानलाई गाउँलेले समात्न नपाए पनि उनीहरुको जीपको नम्बर नोट गरेका थिए । 

अक्टोबर २, १९९८ को राति सलमानसँगै ‘हम साथ साथ हे’ का अन्य कलाकार सैफ अली खान, तब्बू, सोनाली बेन्द्रेलगायत पनि रहेका थिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया