MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

दक्षिण कोरियाली पूर्वराष्ट्रपति हेलाई २४ वर्षको जेल सजाय

चैत २३ – दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई २४ वर्षको जेल सजाय सुनाइएको छ । 

भ्रष्टाचार मुद्दा खेपिरहेकी पार्कलाई त्यहाँको अदालतले २४ वर्षको जेल सजायसँगै १ करोड ६८ लाख अमेरिकी डलर जरिवाना तोकेको योन्हाप समाचार संस्थाले जनाएको छ । 

६४ वर्षीया पार्कविरुद्ध पदको दुरुपयोग गरेको, राज्यको गोप्य कुरा चुहावट गरेको तथा घुस लिएको आरोप लागेको थियो । पार्कलाई सन् २०१७ को मार्चमा हिरासतमा लिइएको थियो । कोरियाली अभियोजनकर्ताले पार्कविरुद्ध ३० वर्षको जेल सजाय तथा अर्बौं कोरियन वन जरिवाना माग गर्दै मुद्दा दायर गरेका थिए ।

अदालतले आफूविरुद्ध पक्षपातपूर्ण व्यवहार गरेको भन्दै पहिल्यैदेखि रुष्ट पार्क भने पैmसलाका बेला अदालतमा उपस्थित नभएको योन्हापले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया