MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

नयाँ वर्षमा सामसङको ‘अफर बबाल’!

काठमाडौं, चैत २३ – नेपालको सर्वाधिक विक्री हुने स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ लाई लक्षित गर्दै “२०७५ साल सामसङ अफर बबाल” अफर घोषणा गरेको छ ।

नयाँ वर्ष २०७५ मा उपभोक्ताहरुका लागि नयाँ अफर ल्याएको सामसङले जानकारी दिएको छ । सामसङ मोबाइल शाखा प्रमुख प्रणयरत्न स्थापितले भन्नुभयो, ‘हामी विश्वस्त छौँ, यसले सकारात्मक प्रभाव पार्दै उहाँहरुसँगको हाम्रो सम्बन्ध अझै प्रगाढ बनाउनेछ’ ।

योजनाअन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु पाउनेछन् । अब उपभोक्ताले 'ग्यालेक्सी ट्याब एसथ्री'को खरिदमा 'लेभल बक्स स्पिकर', 'एस एट/एसएट प्लस'को खरिदमा 'लेभल यु फ्लेक्स' तथा 'नोट एट'को खरिदमा एक बोटल स्पिकर सित्तैमा पाउँनेछन् ।
 
यी उपहारहरुसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा पनि भारी छुटको व्यवस्था गरेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया