MENU

बातावरण-कृषि

देशभरी मौसम बदली, अझै केही दिन पानी पर्ने

काठमाडौं, चैत २४ – काठमाडौं उपत्यकासहित धेरै ठाउँमा अहिले पानी परिरहेको छ । पश्चिममा बनेको न्यूनचापिय क्षेत्र पूर्वतिर सरिरहेकाले देशभरीकै मौसम बदली भई धेरै पानी परेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार यसकै प्रभावले शनिबार देशका धेरै ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना छ । प्रिमनसुनी गतिविधि सक्रिय भएकाले अबको केही दिन देशभरीकै मौसम यस्तै रहने उहाँको अनुमान छ ।

प्रिमनसुनमा बिहान मौसम खुलेपनि दिउँसोपछि बदली भई बेलुकीपख हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने गर्छ । गएको २४ घण्टामा देशभरी नै पानी परेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । शाखाका अनुसार सबैभन्दा धेरै नेपालगन्जमा ४२ दशमलव १ मिलिमिटर पानी परेको छ । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया