MENU

अन्तर्राष्ट्रिय

ब्राजिलका पूर्व राष्ट्रपतिले प्रहरीसमक्ष आत्मसमर्पण नगर्ने

चैत २४ - ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रहरीसमक्ष आत्मसमर्पण गर्न अस्वीकार गरेका छन् ।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै अदालतले १२ वर्ष कैद सजाय सुनाए पनि ७२ वर्षका उनले दक्षिणी ब्रजिलमा रहेको प्रहरी मुख्यालयमा आत्मसमर्पण गर्न अस्वीकार गरेका बीबीसीले जनाएको छ । लुलाले आफूविरुद्धको ठहर राजनीतिक रूपमा प्रेरित रहेको भन्दै आत्मसमर्पण नगर्ने बताएका हुन् । 

आउँदो अक्टोबरमा हुने राष्ट्रपतीय चुनावमा उठ्न नदिने प्रपञ्ज अनुसार आफूलाई अदालतले दोषी ठहर गरेको उनले दावी गरेका छन् । चुनावमा लुलाले जित्ने सम्भावना रहेको मत सर्वेक्षणले देखाएका थिए । उनका वकिलले यसबारेमा प्रहरीसँग वार्ता गरिरहेका खबरमा उल्लेख छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया