MENU

मनोरञ्जन

सलमान खान धरौटीमा रिहा हुने

चैत २४ – कृष्णसार (कालो हरिण) मारेको आरोपमा दोषी ठहरिएका बलिउड अभिनेता सलमान खानलाई जोधपुरको एक अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

जोधपुर जिल्ला अदालतका न्यायाधीश रविन्द्रकुमार जोशीले सलमान खानलाई धरौटीमा रिह गर्न आदेश दिएको र उनी बेलुकी रिहा हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कृष्णसारको शिकार गरेको विषयमा न्यायाधीशले बिहीबार २ सय १ पृष्ठको लिखित फैसला सुनाउँदै उनलाई ५ वर्षको जेल सजाए तोकेका थिए । त्यसपछि सलामान खान थुनामा छन् ।

फैसलामा न्यायाधीशले सलमान खान एक बहुचर्चित कलाकार भएको र उनको अनुसरण सर्वसाधारणले गर्ने बताएका छन् । यसका बाबजुद पनि सलमानले कृष्णसार शिकार गर्नु गैरकानुनी मात्रै नभएर आम सर्वसाधारणलाई पनि भड्काउने खालको भएको फैसलामा भनिएको थियो ।

खान ५० हजार रुपैयाँ धरौटी तिरेर रिहा हुने भएका हुन् । उनको जमानी बस्ने दुई जनाले पनि २५/२५ हजार रुपैयाँ धरौटी तिर्ने भएका छन् ।

सलमान खान दुईदिन जाेधपुर जेल बसेका छन् । शनिबार साँझ उनलाई जेलबाट बाहिर निकालिने जनाइएको छ । उनी छुटेकाे भन्दै उनका समर्थकले अदालत बाहिर खुशीयाली मनाएका छन् ।

२० वर्षअघि फिल्म सुटिङका क्रममा जोधपुर पुगेका उनले कृष्णसारको शिकार गरेका थिए । कृष्णसार मारेको आरोपमा सलमान खान यसअघि पनि जेलमा बसिसकेका थिए ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया