MENU

साहित्य/ कला

राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

ललितपुरमा भएको कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गीति एल्बम विमोचन गर्नुभएको हो । ललितपुर संस्कृति सम्बद्र्धन केन्द्रले सिद्धीनरसिंह मल्लले लेखेका गीतको अध्ययन गरि त्यसमा संगीत र लय भरेर गीति एल्बम निकालेको हो ।

संस्कृति तथा साहित्य सम्बद्र्धन गर्नका लागि एक वर्षको अध्ययनपछि गीति एल्बम निकालेको केन्द्रका उपाध्यक्ष गोपालमान श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले शनिबार नै चौथो वार्षिकोत्सव पनि मनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया