MENU

मनोरञ्जन

जेलबाट घर फर्किए सलमान

चैत २४ –  कृष्णसार (कालो हरिण) मारेको अभियोगमा जेल परेका बलिउड अभिनेता सलमान खान रिहा भएका छन् । उनी शनिबार ५० हजार धरौटीमा रिहा भएका हुन् । उनलाई शनिबार नै जोधपुरको सेसन्स अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उनी जेलबाट छुटेर जोधपुर एरपोर्ट पुगेका छन् । उनी मुम्बई जानेछन् । उनको साथमा उनकी दुई बहिनी पनि रहेका छन् ।

कृष्णसारको शिकार गरेको विषयमा न्यायाधीशले बिहीबार २ सय १ पृष्ठको लिखित फैसला सुनाउँदै उनलाई ५ वर्षको जेल सजाए तोकेका थिए । 

उनको जमानी बस्ने दुई जनाले पनि २५र२५ हजार रुपैयाँ धरौटी तिर्ने भएका छन् । सलमान खान दुईदिन जोधपुर जेल बसेका थिए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया