MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​मोदीको ट्वीट : नेपालको नयाँ यात्रामा भारतले सहयोग गर्छ

काठमाडौं, चैत २४ – भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री बनेपछि पहिलो भ्रमणका रुपमा भारत पुगेका ओलीले नेपाल–भारतबीच रेल सेवा विस्तार, कृषि र जलविद्युतमा केही सहमति गर्नुभएको छ । शनिबार नै संयुक्त पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओली र उहाँका समकक्षी नरेन्द्र मोदीले १२ बुँदे संयुक्त  वक्तव्य सार्वजनिक गरिसक्नुभएको छ ।

मोदीले ट्वीट गर्दै नेपालले नयाँ यात्रा सुरु गरेको र नेपालको विकासमा भारतले सधैँ सहयोग गर्ने बताउनुभएको छ । मोदीले ट्वीटमा नेपालको आर्थिक रुपान्तरणमा भारतको सधैँ सहयोग रहने बताउनुभएको छ ।

दुवै देश मिलेर काम गर्दा जलमार्ग, रेलमार्ग, विद्युत, व्यापार र अन्य क्षेत्रमा थुप्रै काम गर्न सकिने मोदीले ट्वीटमा उल्लेख गर्नुभएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया