MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

​अमेरिकामा ट्रम्प टावरमा आगलागी

चैत २५ – न्यूयोर्कमा रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घर र कार्यालय रहेको भवन ट्रम्प टावरको पचासौं तल्लामा आगो लागेको छ । आगोले कति नोक्सानी पु्रयायो भन्ने जानकारी अझै सार्वजनिक भएको छैन । 

अमेरिकी अग्नी नियन्त्रण विभागले आगो निभाउने प्रयास गरिरहेको जनाएको छ । भवन आसपासमा गाडी चलाउन रोक लगाइएको छ । आगलागीबाट अहिलेसम्म एकजना गम्भिर घाइते भएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले भने आगो नियन्त्रणमा आइसकेको बताउनुभएको छ । ट्वीटरमार्फत उहाँले आगो निभाउन संलग्न सबैलाई धन्यबाद पनि दिनुभएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया