MENU

मनोरञ्जन

ujyaalo forign call inside

सलमानलाई भेट्न कट्रिनासँगै बलिउडका अन्य कलाकार पुगे 'ग्यालेक्सी अपार्टमेन्ट'

चैत २५ – कृष्णसार (कालो हरिण) मारेको आरोपमा जेल गएका बलिउड अभिनेता सलमान खान शनिबार जेलबाट रिहा भएका छन् । सलमान मुम्बई पुग्ने बित्तिकै बलिउड अभिनेत्री कटरीना कैफ उनलाई भेट्न घरमै पुगेकी छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सलमान शनिबार राति सवा आठ बजे मुम्बईमा रहेको घर (ग्यालेक्सी अपार्टमेन्ट) पुगेका थिए । त्यसको एक घण्टापछि कटरीना सलमानलाई भेट्न ग्यालेक्सी अपार्टमेन्ट पुगेकी थिइन् ।

उनीसँगै सलमानलाई भेट्न कटरिनाका अलावा डेजी शाह, मलाईका अरोडा, हुमा कुरेसी, ज्याकलिन फर्नान्डीज, बरुण धवन, बबी देवलसहितका कयौं बलिउडकर्मी सलमानलाई भेट्न पुगेका थिए ।

सलमान जेलबाट छुटेपछि  उनका फ्यानहरु पनि सलमानलाई निकै नै व्यग्र भएर उनको घर अगाडी कुरिरहेका थिए । सलमानले उनका शुभचिन्तक तथा फ्यानहरुलाई उनी बस्ने अपार्टमेन्टबाट अभिवादन गरेका थिए । सलमानका साथीहरुले उनको रिहाईमा खुसी मनाएका छन् ।

 

Cute #aahilsharma with #SalmanKhan

A post shared by Viral Bhayani (@viralbhayani) on

जोधपुर अदालतले कृष्णसार मारेको विषयमा मुछिएका अन्य आरोपित सैफ अली खान, तब्बु, सोनाली बेन्द्रे र नीलमलाई सफाई दिएको थियो । तर सलमानको विरुद्धमा भने २ सय १ पृष्ठको लिखित फैसला सुनाउँदै ५ वर्षको जेल सजाय तोकेका थियो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया