MENU

अन्तर्राष्ट्रिय

​सिरियामा रासायनिक आक्रमण : ७० जनाको मृत्यु, अन्य घाइते

चैत २५ – सिरियाको पूर्वी गुटा नजिकैको आक्रमणमा रासायनिक हतियारको प्रयोग भएको छ ।

सिरियाको पूर्वीय क्षेत्र गुटामा पछिल्लो चरणमा चर्केको आन्तरिक गृहयुद्धमा रासायनिक हतियारको आक्रमण भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आक्रमणमा ७० जनाको ज्यान गइसकेको छ । विद्रोहीको पक्कड क्षेत्र मानिने गुटा नजिकैको क्षेत्रमा भएको हिंसात्मक विद्रोहमा रासायनिक हतियारको आक्रमण भएकाले मृतकको संङ्ख्या बढ्ने बताइएको छ ।

अमेरिकाले रुसले सिरिया सरकारलाई सघाइरहेकाले रासायनिक आक्रमणको जिम्मा रुसले लिनुपर्ने जनाएको छ । आफ्नो वक्तव्यमा अमेरिकाले आफ्नै नागरिकमाथि गरिएको त्यस्तो आक्रमण निन्दनिय भएको उल्लेख गरेको छ ।

विभिन्न उद्धारकर्मी, चिकित्सकको टोली र अधिकारकर्मीले आक्रमणमा रासायनिक हतियारको प्रयोग भएको जनाएका छन् । आक्रमणमा ज्यान जानेको संङख्या बढ्दै जाने बताइएको छ । आक्रमणमा सयौं नागरिकलाई रासायनिक आक्रमणको असर परेको छ ।

त्यहाँ हेलिकप्टेरको माध्यमबाट ब्यारेल बम खसाइएको र ब्यारेलमा सरिन नामको रसायन हतियार रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१३ मा पनि सिरिया सरकारले गुटामा रकेटको माध्यमबाट सरिन रसायनले आक्रमण गरेको बीबीसीले जनाएको छ ।

त्यतिबेला पनि आक्रमणमा सयौँ नागरिकले ज्यान गुमाएका थिए । त्यो समय पनि संयुक्त राष्ट्रसंघले सरिन नामको रासायनले आक्रमण गरेको पुष्टि गरेको थियो । घटनामा रासायनिक हतियारको प्रयोग सरकार वा अरु कसैले गरेको थियो भन्नेबारे सयुक्त राष्ट्रसंघले केही खुलाएको थिएन् ।

सन् २०१७ को अप्रिलमा सरिन नामको रासायन आक्रमणबाट सिरियाको खान सेइखोन शहरमा ८० जनाले ज्यान गुमाएका थिए । त्यो आक्रमणमा सिरिया सरकारले नै रासायनिक हतियारको प्रयोग गरेको संयुक्त राष्ट्रसंघले बताएको थियो । सन् २०१८ को सुरुआतमा सिरियाको विद्रोही क्षेत्रमा क्लोराइन नामको रासायनिक हतियारको प्रयोग गरी सिरिया सरकारले आक्रमण गरेको अमेरिकाले दाबी गरेको थियो ।

सिरिया सरकारले ७ वर्षको गृह युद्धमा ३ पटक क्लोरिन नामको रासायनिक हतियारबाट आक्रमण गरेको संयुक्त राष्ट्रसंघको अनुसन्धानबाट खुलेको बीबीसीले जनाएको छ । सिरियाको पूर्वी गुटा क्षेत्रको नजिकै रहेको डौमा विद्रोहीको पक्कड क्षेत्र मानिन्छ तर पछिल्लो सयम त्यहाँ सिरिया सरकारले आवश्यक खाद्यन्न तथा खानेपानीको निर्यातमा कडाइ गरिसकेको छ ।

त्यहाँका विद्रोहीलाई आत्मासमर्पण गर्न बाध्य हुने गरी आवश्यक खाद्यन्न तथा पानीमा कटौती गरेकाले त्यहाँ बस्ने नागरिकको अवस्था चिन्ताजनक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायतको मानवअधिकारवादी संस्थाले त्यस क्षेत्रमा सिरिया सरकारले गरेको ‘अपरेसन’मा गएको शुक्रबार ४० जना र शनिबार ३० जना नागरिकले ज्यान गुमाएको जनाएको छ ।

विद्रोहीको पक्कड क्षेत्र मानिएको सिरियाको पूर्वी गौघाटमा बसर अलअसद समर्थित सरकारी टोलीले आफ्नो कब्जा बढाउँदै लगेको छ । त्यहाँ भएको आक्रमणमा १ हजार ६ सय भन्दा धेरै नागरिकले ज्यान गुमाइसकेका छन्  भने हजारौं नागरिक घाइते भएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया