MENU

मनोरञ्जन

ujyaalo forign call inside

अनुष्का शर्मा ‘दादा साहेब फाल्के’ अवार्डबाट सम्मानित हुँदै

चैत २५ – अहिले फिल्म ‘सुईधागा’को छायाँकंनमा व्यस्त रहेकी अभिनेत्री अनुष्का शर्मा छिट्टै नै फिल्म निर्माताको रुपमा सम्मानित हुँदैछिन ।

अभिनेत्रीका रुपमा दर्शकको मन जित्न सफल भएर बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अनुष्कालाई निर्माताको रुपमा ‘दादा साहेब फाल्के’ अवार्डबाट सम्मानित गर्न लागिएको हो ।

अनुष्का शर्मा तथा उनका भाई कर्नेश शर्मा मिलेर क्लीन स्लेट फिल्म नामक प्रोडक्सन कम्पनीबाट  उनी २५ वर्षकै हुँदा फिल्म ‘एनएच १०’ निर्माण गरेका थिए । जुन फिल्म बलिउडमा सफल हुनुको साथै फिल्मले समिक्षकको प्रशंसा पनि बटुलेको थियो । उनले गरेको कामको प्रशंसा स्वरुप ‘दादा साहेब फाल्के फाउण्डेशन’ले सम्मान गर्न लागेको हो ।

अनुष्काले आफ्नै प्रोडक्सन कम्पनीबाट ‘एनएच १०,  ‘फिल्लौरी’ र ‘परी’ जस्ता फिल्म निर्माण गरिसकेकी छिन । २९ वर्षीया अनुष्काले आफूलाई बलिउडकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीका साथै सफल निर्माताको पहिचान समेत बनाउन सफल भएकी छिन ।

अनुष्काले उनको करियरको सुरुवात २००७ मा मोडलको रुपमा गरेकी थिइन । २००८ मा उनले फिल्म ‘रब ने बना जोडी’ बाट बलिउडमा डेब्यू गरेकी थिइन । गएको वर्ष उनले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग विवाह गरेकी थिइन ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया