MENU

विचार/अनुभूति

ujyaalo forign call inside

​प्रधानमन्त्री ओलीको भारत भ्रमण : आफू अनुकूल निर्णय गराउन सफल

हिरण्यलाल श्रेष्ठ 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण समग्रमा भन्नुपर्दा नेपालले जे चाहेको थियो, त्यस्तै भयो । भ्रमणको पेरिफेरि समृद्धिका लागि आर्थिक कुटनीतिमै केन्द्रित रह्यो । दुबै देशका प्रमुखहरुले गरेका सहमति सम्झौताहरु कुनैपनि नेपालको अहित हुने छैन ।

भएका सहमतिलाई क्यास गर्न सके नेपाललाई फाइदै फाइदा हुने छ । तर अब नेपाल फर्केपछि ओली नेतृत्वको सरकारले सहमतिलाई कुन गतिमा अगाडी बढाउन सक्छ त्यसैमा सबैकुरा निर्भर रहन्छ ।  

आर्थिक समृद्धिका लागि कृषिको आधुनिकिकरण, सहज पारवहनका लागि जलमार्ग र रेलमार्ग निर्माण, व्यापार घाटा कम गर्न नेपाली उत्पादनको सहज निर्यात जस्ता कुरा भ्रमणको देखिने उपलब्धि हुन् ।  

चुनावपछि शक्तिशाली र स्थिर सरकारको नेतृत्व गर्दै समकक्षी नरेन्द्र मोदीको निम्तोमा भारत पुग्नुभएका प्रधानमन्त्री ओलीको भ्रमण विशुद्ध परस्पर समानता र सम्बन्ध सुदृढिकरणमै केन्द्रित रह्यो । कुनैपनि राजनैतिक सल्लाह सुझावमा अल्झनु परेन । 

यसअघिका भ्रमण केलाउने हो भने भारतको अनुकुलका आधारमा सहमति हुन्थे । त्यसैनुरुपका वक्तव्यवाजी हुन्थे । भारत सामु नेपाली नेतृत्वकर्ता निरीह देखिन्थे । 
भ्रमणको सुरुवात नै भारतीय उद्योग व्यवसायीसँगको वार्ता र छलफलबाट गर्नु भएका ओलीको पुरै भ्रमण देशको समृद्धिमै केन्द्रित भयो ।

 

यसअघि हुने गरेका भ्रमण राजनीतिक भेटवार्ताबाट शुरु हुन्थ्यो । नेपालबाट भारत जाँदै गर्दा देशको समृद्धि र विकासका लागि मात्रै आफ्नो भ्रमण केन्द्रित हुनेछ भनेर प्रतिबद्धता जनाउनुभएका ओलीले बोलेको कुरा पूरा गर्नुभएको छ । 

देशमा आर्थिक लगानी भित्र्याउन भारतीय लगानीकर्तालाई आवश्यक लगानी सुरक्षा गर्ने प्रतिबद्धता सहितको आग्रहले त्याहाका व्यवसायीमा पनि उत्साह छाएको छ ।  

सहमति कर्यान्वयन गर्ने चुनौती 

समकक्षी मोदीसँगै रहेर संयुक्त पत्रकार सम्मेलनमा वक्तव्य जारी गर्दै गर्दा बोलेका कुराहरु पूरा गरेर देखाउने चुनौती अब ओलीका लागि छ । विगतका प्राक्टिस हेर्दा भारतले विभिन्न परियोजनामा सहमति गर्ने, वक्तव्य जारी गर्ने तर सहमति गरेका योजनाहरुलाई तिब्रता दिने सवालमा भने उदासिन रहने गरेका उदाहरणहरु छन् ।

कतिपय सवालमा नेपालकै प्रयास नहुँदा सहमति भएका सम्झौताले सुरुवात नै नपाएका पनि देखिए । तर, अब झण्डै दुई तिहाई भन्दा बढी समर्थनको स्थायी सरकारको नेतृत्वकर्ता रहनुभएका ओलीले छिमेकीसँग भएका सहमति र सम्झौता अक्षरस कार्यान्वयन गर्ने र आफ्ना प्रतिबद्धताहरु पूरा गरेर देखाउनुहुनेछ भन्ने विश्वास नागरिकले लिएका छन् ।  

अब आर्थिक विकास र समृद्धिद्वारा नागरिकलाई राम्रो नतिजा दिनुपर्छ भन्नेमा ओली पनि सचेत हुनुहुन्छ भन्ने मलाई लाग्छ । एक बर्षभित्रमा काठमाडौँ जोड्ने रेलमार्गको डिपिआर तयार पार्ने कुरा छ । डिपिआर तयार भएपछि भने यो सरकारमाथिको विश्वास अझै बढेर जाने छ ।  

समृद्धिको प्रयास 

अब गर्नुपर्ने काम भनेको आयात होइन, निर्यात हो । त्यसैले ओलीले दुबै देश कृषिमा आधारित रहेकाले कृषिमा आधुनिकिकरण गर्ने सम्झौता गर्नुभयो । नेपालका अधिकांस खाली जग्गाहरु अहिले बाँझो बारीका रुपमा छन् । खेति भइरहेका जग्गामा पनि आधुनिक खेति हुन सकेको छैन । परम्परागत रुपमा भए गरेका खेतिबाट कृषकको मेहनत खेर जानुका साथै लगानि समेत डुब्ने गरेको छ । 

कृषिमा वैज्ञानिकिकरण, आधुनिकिकरण गर्दै कृषिमा आत्मनिर्भर बन्न सके मात्रै खाद्यान्न आयातमा कटौती हुनसक्छ । अर्बौँको खाद्यान्न आयात रोक्न सक्ने जमिन हामीसँग छ, पानी छ तर आधुनिकिकरण हुन नसक्दा कृषि कर्मलाई पेशाको रुपमा अँगाल्न सक्ने वातावरण अझै बनिसकेको छैन ।

यस्तो अवस्थामा दुवै देशबीच भएको कृषिको आधुनिकिकरण गर्ने सम्झौता उत्साहजनक छ । भारतमा प्रयोगमा आएका आधुनिक प्रविधि नेपाल भित्र्याएर कृषि क्षेत्रमा प्रयोग गर्न सके देशका लागि, नागरिकका लागि फाइदा हुने छ । 

अब निर्यात गरेर अन्तशुल्कमा जानुपर्ने छ । त्यसका लागि तयारीमा लाग्नुपर्ने छ । यसपटकको भ्रमण समृद्धिका विषयमा कुराकानी भए । दुवै देशकाबीच बढी विश्वास आर्जन गर्ने मौका मिल्यो । यसपाली नेपालले मात्र नभईकन भारतले नै ओलीको भ्रमणका लागि शुरुदेखि नै निकै मेहनत गरेको थियो । 

नेपाल फर्कन प्रवासीलाई आग्रह

भ्रमणमा प्रवासी नेपालीसँगको भेटमा प्रधानमन्त्री ओलीले अब नेपाल फर्केर देशको विकासमा श्रम खर्चन आग्रह गर्नुभयो । यस्तो आग्रह गर्ने पहिलो प्रधानमन्त्री ओली नै हुनुहुन्छ भन्ने लाग्छ मलाई । यसअघिका सरकार प्रमुखहरु रेमिट्यान्सबाट देश चलाउने कुरा गर्थे ।

तर, ओलीले नेपालीको श्रम नेपालकै विकासमा लगाउनु पर्ने भन्दै नेपालमा जन्मेर बल रहँदा सम्म विदेशमा श्रम खर्च गर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाउनुले विकास र समृद्धिको खाका कोर्दै समृद्ध बनाउने बाटोमा ओली लम्कनेछन् भन्ने विश्वास दिलाउँछ ।  

विगतभन्दा फरक ओलीको भारत भ्रमण 

आफ्नो अनुकूल भ्रमण सफल पार्नु नै ओलीको भ्रमण विगतको निरन्तरतामा क्रमभंग हो । विगतका सरकार प्रमुखहरु भारतको अनुकूलमा रहेर सहमति सम्झौता गर्ने गरेका परम्परालाई यो पटक ब्रेक भएको छ । सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा लिएर सरकार सञ्चालन गरिरहनुभएका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा पनि विकास र समृद्धिकै मुद्धामा सहमति र सम्झौता गर्नुभयो । आर्थिक कुटनीतिलाई मात्रै अगाडि बढाउन सक्नु ओलीको खुबी हो । 

यसअघि नै भारतले विदेशमन्त्री सुष्मा स्वराजलाई पठाएर सपथग्रहण अघि नै भारतले पुरानो तिक्ततालाई विर्सेर सम्बन्धलाई अगाडि बढाउन तयार छौँ भन्ने सन्देश दिएको थियो । 

अन्त्यमा ओलीको भ्रमण समग्रमा सफल देखिन्छ । तथापी पहिलो भ्रमण भारतबाटै गरेर म भारत निकटकै हुँ भन्ने विश्वास दिलाउने प्रयास ओलीले पनि देखाउन खोजेको प्रष्ट हुन्छ ।  

(कुराकानीमा आधारित)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया