MENU

मनोरञ्जन

ujyaalo forign call inside

‘ब्ल्याक प्यान्थर’ ले तोड्यो टाइटानिकको रेकर्ड

चैत २६ – रायन कुगलरको निर्देशनमा बनेको फिल्म ‘ब्ल्याक प्यान्थर’ले  हलिउड इतिहासमा रेकर्ड कायम गरेकाे छ ।

जेम्स क्यामरुनको सन् १९९७ मा प्रदर्शन भएको फिल्म ‘टाइटानिक’को कीर्तिमान तोड्दै अमेरिकाको बक्स अफिसमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्ममध्येको तेस्रो फिल्म बनेको छ । 

सन् २०१५ मा फिल्म ‘स्टार वार्सः द फोर्स अवेकन्सले ९३६.७ लाख अमेरिकी डलर र २००९ को अवतार ले ७६०.५ लाख अमेरिकी डलरको आम्दानी गरेको थियो भने सन १९९७ मा प्रदर्शन भएको फिल्म ‘टाइटानिक’ले ६५९.५ लाख अमेरिकी डलरको व्यापार गरेको थियो ।

फिल्म ‘ब्ल्याक प्यान्थर’ ले १.२९ अरब अमेरिकी डलरको व्यापार गर्दै अमेरिकन बक्स अफिसको सर्वाधिक कमाई गर्ने १० फिल्महरु भित्र आफ्नो स्थान बनाउँदै अहिलेसम्मकै तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । 

‘ब्ल्याक प्यान्थर’ सुपरहिरोको विषयमा आधारित फिल्म हो । यस फिल्मको निर्माण मार्बल स्टुडियोले गरेको हो । फिल्ममा चाडविक बोसम्यान, माइकल बी जर्डन, ल्यूपिटा न्योन्ग, दानइ गुरिरा, मार्टिन फ्रिमन, डेनियल कालुया, लेटिटिया राइट, विन्स्टन ड्यूकलगायतका कलाकारहरु यस फिल्ममा रहेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया