MENU

मनोरञ्जन

१६ वर्षपछि शाहरुख भंसालीसँग

चैत २६ – बलिउडका सुपरस्टार शाहरुख खान अहिले निर्देशक आनन्द एल रायको फिल्म ‘जिरो’को छायांकंनमा व्यस्त छन ।

रिपोर्टहरुका अनुसार शाहरुख फिल्म ‘जिरो’को छाँयाकंन सकिए लगत्तै निर्देशक संजय लीला भंसालीका साथ काम भएका छन । यस अघि शाहरुखले निर्देशक राकेश शर्माको बायोपिक ‘सेल्यूट’को काम सुरु गर्ने कुरा भए पनि अब भने उनी संजय लीला भंसालीका साथ काम गर्नेछन । १६ वर्ष अघि फिल्म ‘देवदास’ मा शाहरुख र भंसालीले एक साथ काम गरेका थिए भने यी दुवैले फेरि एक साथ काम गर्ने भएका छन ।

 

केही समय अघिदेखि नै यी दुवैले एक प्रोजेक्टमासँगै काम गर्ने चर्चा गरिरहेका थिए । हालै संजयले शाहरुखलाई भेटेर फिल्मको स्क्रीप्टको बारेका चर्चा गरेका छन । जुन फिल्म एक काल्पनिक प्रेम कहानीमा आधारित रहेको छ । यस फिल्मका लागि शाहरुखले पनि काम गर्ने सहमति जनाइसकेका छन । फिल्ममा अभिनेत्रीको लागि भने निर्णय हुन बाँकी रहेको छ  । 

संजय लीला भंसालीसँगको यस फिल्मको सल्लाह बमोजिम काम सुरु भएमा शाहरुखले राकेश शर्माको बायोपिक ‘सेल्यूट’को काम अब अर्को वर्षबाट मात्रै सुरु गर्नेछन । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया