MENU

मनोरञ्जन

रणवीरले स्वीकारे दीपिकासँगको सम्बन्ध

चैत २६ – बलिउडमा अहिलेको सर्वाधिक लोकप्रिय जोडीको रुपमा अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको जोडीलाई हेरिन्छ ।

यी दुवैले एकसाथ काम गरेको फिल्म जति हिट छन, वास्तविक जीवनमा यो जोडी पनि पनि त्यतिकै हिट रहेको छ । पछिल्लो समयमा यी दुवैले एकअर्कासँग विवाह गर्ने खबरले बलिउड तातेको छ । दुवैले स्वीजरल्याण्डमा विवाह गर्ने चर्चा चलेको छ ।

यस अघिसम्म दुवैले एकअर्काको सम्बन्धको बारेमा कुनै पनि कुरा सार्वजनिक रुपमा स्वीकार नगरेको अवस्थामा आफूहरुको विवाहबारे चर्चा चलेपछि अभिनेता रणवीर सिंहले मुख खोलेका छन ।

‘अहिले विवाहबारे कुनै पनि कुरा आधिकारिक रुपमा निर्णय भएको छैन’, विवाह गरिरहेको खबरलाई खण्डन गर्दै रणवीर सिंहले भने, ‘त्यसैले म हाम्रो विवाह कुन तारेखमा भइरहेको छ भन्ने बारे भन्न सक्दिन । अहिले हामी दुवैजना निकै व्यस्त छौं ।  दीपिकालाई बैंक सम्बन्धी समस्या पनि परेको छ । यदि विवाह हुने कुराको निर्णय भयो भने म दुनियालाई सबैभन्दा अगाडि भन्नेछु । ’

यहि कुराले प्रष्ट हुन्छ रणवीर सिंह र दीपिका पादुकोण एकअर्काको प्रेम सम्बन्धमा रहेका छन । रणविर र दीपिकाको विवाहको कुरा अफवाह भए पनि रणवीरले दीपिका सँगको सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गरेका छन । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया