MENU

बातावरण-कृषि

ujyaalo forign call inside

पानी अभावमा पूर्वमा ५५ प्रतिशतसम्म धान उत्पादन क्षेत्र घट्यो

सुमन तिमल्सिना/उज्यालो । 

माेरङ, चैत २७ –  ओखलढुङगाका संसद मोहन कुमार खड्काले गत चैत १९ गते बसेको संसद बैठकमा पहाडी क्षेत्रका आधा दर्जन बढी गाउँपालिका  पानीको मूल सुकेपछि समस्यामा परेकोे बारेमा जानकारी गराउनुभयो । पानीको मूल सुकेर अहिले पहाडी क्षेत्रका नागरिक काकाकुल बन्दै आएका छन्  । 

जिल्लाको लिकु, चम्पादेवी, सुनकोसी, मानेभन्ज्याङ,  सिरीजंग र चिशंखुगढी गाउँपालिका पानीको अभाव खेप्दै छ । ती क्षेत्रमा नदी किनारका क्षेत्रबाट लिफ्टिङको माध्यमबाट पानीको व्यवस्था गर्न माग उठि रहेको बेलामा विज्ञहरुले भने पानीको समस्या हुनुको कारण धान खेती घट्नुलाई लिएका छन् । पहाडी क्षेत्रमा लगाइने धानखेती जति घट्दै गएको छ त्यही अनुपातमा पानीको समस्या पनि देखिँदै गएको छ ।

धानका विशेषज्ञ डा. राजेन्द्र उप्रेतीले पानीको अवस्थालाई सुरक्षित गर्ने काम धान खेती गरेका ठाउँहरुमा हुन्थ्यो । तर अहिले पहाडी क्षेत्रमा धानको क्षेत्रफल घटेकोले त्यसैको असर पानीको अभाव देखिँदै गएको  बताउनुभयो ।

डा. उप्रेतीको तर्क अरुको भन्दा अलिक फरक छ । पहाडी क्षेत्रमा धान उत्पादनको क्षेत्रफल घट्नुमा पानीको अभाव हुने कतिपय तर्क गर्छन् तर त्यसको ठिक उल्टो विश्लेषण गर्दै उप्रतीले भन्नुभयो, ‘धान खेती गर्न छोडेपछि त्यसपछि पानीका मुहानहरु सक्न थाल्यो ।’  पानीको मुहान संरक्षणको काम धान खेतीले गर्ने उहाँको भनाई छ । खेतका गह्रामा जमाईएको पानीले लामो समयसम्म ती क्षेत्रहरुमा चिस्यान कायम राख्दा मुहान सुक्दैनथ्यो तर अहिले पहाडी क्षेत्रमा धानका गह्रामा पानी जमाउन छाडियो खेतीयोग्य जमिन बाँझै छाडेर मान्छे पलायन हुँदा पानीको पनि अभाव चुलिन थाल्यो यसले मान्छेलाई परनिर्भरता समेत हुन सिकाएको उप्रेतीले बताउनुभयो ।

क्षेत्रफल यसरी घट्यो

सन् २००२ को तथ्यांकलाई आधार मान्ने हो भने २०१५÷१६ सम्म आइपुग्दा धान उत्पादनको क्षेत्रफल देशभर नै ९ प्रतिशतले घटेको छ । १५ लाख ५४ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा अहिले त्यो संख्या घटेर १४ लाख २५ हजारमा झरेको छ   । देशभरको तथ्यांकलाई आधार मान्दा १ नम्बर प्रदेशमा धान उत्पादनको क्षेत्रफल १५  प्रतिशतले घटेको छ ।

१० वर्षको अबधिमा १ नम्बर प्रदेशका १४ जिल्लामा सन् २००२का ३ लाख ६६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा सन् २०१५ मा आइपुग्दा त्यो क्षेत्रफल घटेर ३ लाख १२ हजारमा झरेको छ । सबैभन्दा कम पश्चिमाञ्चलमा २ प्रतिशतले मात्र धानको उत्पादन क्षेत्र घटेको उप्रेतीले जानकारी दिनुभयो । त्यस्तै, मध्यमाञ्चलमा ११ प्रतिशत, मध्यपश्चिमाञ्चलमा ९ प्रतिशत  र सुदूर पस्चिमाञ्चलमा पनि  धान उत्पादित क्षेत्र घटेको छ । जहाँ बढी धान खेती भएका छन् ती क्षेत्रमा पानी अभवको समस्या केही मात्रामा कम रहेको उप्रेतीले सुनाउनुभयो । 

अन्न भण्डार घट्यो

एक नम्बर प्रदेशका झापा, मोरङ र सुनसरी धान उत्पादनमा अब्बल मानिन्छन् । तर ती जिल्लाहरुको अवस्था पनि उस्तै छ । अन्न भण्डारको रुपमा लिइएको झापामा धान उत्पादन क्षेत्र १० प्रतिशतले घटेको छ । त्यस्तै, सुनसरीमा सबैभन्दा धेरै २७ प्रतिशतले घटेर ६१ हजारबाट ४५ हजारमा झरेको छ । त्यस्तै मोरङमा १३ प्रतिशतले धान उत्पादन क्षेत्र घटेको छ । जसमा ९४ हजार हेक्टरबाट ८२ हजार हेक्टरमा झरेको छ । यी जिल्लाहरुमा पहाडी जिल्लाबाट बसाई सरेर आउने क्रमले गर्दा जग्गामा देखिएको प्लटिङ नै समस्याको रुपमा रहेको पाइएको छ ।  पहाडी जिल्लामा धान उत्पादित क्षेत्र घट्नुको असर तराइका जिल्लामा पनि त्यही अनुपातमा पारेको देखिन्छ ।

सबैभन्दा बढी तप्लेजुङमा ५५ प्रतिशतले धान उत्पादन क्षेत्र घटेको क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत उपे्रतीले जानकारी दिनुभयो । उहाँका अनुसार ८ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा त्यो घटेर ४ हजार हेक्टरमा सिमित हुन पुगेको छ । दोश्रो नम्बरमा धान उत्पादन क्षेत्र घटाउने जिल्लामा तेह्रथुम जिल्ला पनि परेको छ । यो जिल्लामा ३२ प्रतिशतले धान उत्पादन क्षेत्र घटेको हो । ११ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा त्यो संख्या घटेर ७ हजार ६ सयमा झरेको उप्रेतीको भनाइ छ ।

‘अहिले जसरी जलवायु परिवर्तनको असर भनेर हल्ला फैलाईएको छ त्यो हैन, उप्रेतीले भन्नुभयो, अहिले देखिएको पानीको समस्या भनेको खेती प्रणालीमा तालमेल नमिल्नु नै हो ।’ पानीको संरक्षणको लागि धानवालीको क्षेत्रफललाई कायम नराख्ने हो भने भोलिका दिनमा थप पानीको समस्या आउन सक्ने उप्रेतीले बताउनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया