MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

सिरियामा रासायनिक हतियार प्रयोग भएको भए कडा प्रतिउत्तर दिने ट्रम्पको चेतावनी

चैत २७ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा रासायनिक हतियार प्रयोग भएको भए त्यसको कडा प्रतिउत्तर दिने चेतावनी दिएका छन् । सिरियाले रासायनिक हतियार प्रयोग गरेको पुष्टि भएमा सिरियामाथि सैन्य कारवाही पनि हुन सक्ने बताएका छन् ।

सिरियाको गुटामा सरकारी सेनाले विषाक्त ग्यास आक्रमण गरेको भन्दै पश्चिमादेशहरुले चासो देखाइरहेका छन् । वेलायती प्रधानमन्त्री टरिजा मेले रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई नछोडिने चेतावनी यसअघि नै दिएका थिए ।

राजधानी दमासकस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रमा रहेका डाक्टरहरूले क्लोरिन ग्याँसले असर गरेको बिरामीहरूको उपचार गरिरहेको बताएपछि रासायनिक हतियार प्रयोग गरेको आशंका गरिएको छ । तर यसको पुष्टि भइसकेको छैन । 

अन्तर्राट्रिय कानुनले युद्धमा रासायनिक हतियारको प्रयोगमा पूर्णतया बन्देज लगाएको छ । सिरिया सरकारले भने घातक रासायनिक ग्याँसले हमला गरेको भन्ने आरोप अस्वीकार गरेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया