MENU

बातावरण-कृषि

​आहा ! मनै लोभ्याउने पेन्गुइनको संसार

चैत २७ – जलवायु परिवर्तनको संकट झेलिरहेको अन्टार्कटिकाको सुन्दरता कस्तो देखिन्छ ?

अन्टार्कटिकामा रहेका जीवजन्तुको अवस्था बुझ्नका लागि सन् २०१८ को सुरुवातमा रोयटर्सका फोटो पत्रकार अलेक्जेन्डर मेनेघिनी यो सुन्दर संसारको यात्रामा निस्किए । 

मेनेघिनीको यो यात्राको प्रायोजन ग्रीनपिसले गरेको थियो । ग्रीनपिसले प्रायोजन गर्नुको कारण युरोपेली संघसम्म जानकारी पुर्याउन चाहेको थियो ।

अन्टार्कटिकालाई एक संरक्षित क्षेत्र बनाउन माग गरिएको थियो ताकि समुन्द्री जीवनको संरक्षण गर्न सकियोस् ।

प्रस्तावित गरिएको वेडल सी मरिन प्रोटेक्टेड एरिया ११ लाख स्क्वायर माइलको हुनेछ । यसमा ह्वेल, सील, पेन्गुइन तथा अन्य प्रजातिका माछाहरुका लागि प्राकृतिक आवास बन्नेछ । यदि यो प्रस्तावलाई मूर्त रुप दिएमा यो विश्वकै सबैभन्दा ठूलो संरक्षित क्षेत्र हुनेछ ।

चिलीको पुन्टा एरेनाबाट सुरु भएको यस टिमले प्राकृतिक वन्यजीवनमाथिको जलवायु परिवर्तनको असर, प्रदुषण तथा माछा उद्योगले पारेको प्रभावको अध्ययन गरेको थियो । फोटो पत्रकार मेनेघिनी आफ्नो भ्रमण अनुभव सुनाउँदै भन्छन्, ‘मानिसहरुको सोच विपरीत अन्टार्कटिकामा पेन्गुइन, सीबर्ड, सील–ह्वेलका कैयौँ प्रजाति देख्न पाइन्छ ।

मनेघिनी भन्छन्, ‘पेन्गुइनसँगको मेरो भेट एकदमै अविष्मरणीय रह्यो । उनीहरुले मानिसलाई शिकारीका रुपमा हेर्दैनन् । उनीहरुले तपाईँलाई घन्टौँसम्म साथ दिइरहन्छन् ।

-बीबीसीबाट

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया