MENU

मनोरञ्जन

ujyaalo forign call inside

विवादै विवादमा घेरिएका कपिल शर्माले नयाँ शो गर्न सकेनन्

चैत २७ – भनिन्छ सफलताको शिखरमा पुग्न जति कठिन हुन्छ,  पाएको सफलतालाई जोगाई राख्न त्यो भन्दा कठिन हुन्छ । यही कुरा अहिले भारतीय हास्यकलाकार कपिल शर्मालाई लागु भएको छ । 

कुनै समय भारतीय टेलिभिजन शोहरुमा कपिल शर्माको शो सबैभन्दा लोकप्रिय रहेको थियो । त्यस्तै उनी स्वयम पनि स्ट्यान्डिङ कमेडियनको रुपमा चर्चित रहेका थिए । तर पछिल्लो समय न त कपिल शर्मा चर्चामा छन्, नत उनको शो नै । पछिल्लो समय उनको प्रशंसा भन्दा पनि आलोचना बढी हुने गरेको छ । 

अहिले उनी काम गरिरहेको टेलिभिजन च्यानल सोनी नेटवर्क कपिलकै कारण अप्ठयारोमा परेको छ । कपिल शर्माले ट्वीटरमार्फत गाली गलौज गदै आफ्नो रिस पोख्नु, कथित पत्रकारलाई गाली गर्नु, पत्ररकारसँग टेलिफोनमा भएको कुराको रेकर्ड बाहिर आउनु, कपिलका साथीहरुले कपिलको यस्तो हालतको जिम्मेवार उनकी पूर्व प्रेमिकालाई मान्नु जस्ता कुराले कपिल शर्मा फेरि डिप्रेशनमा परेका छन । तनावकै कारणले कपिलले सोनी च्यानलमा प्रसारित उनको कार्यक्रम ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ को नयाँ अंकको छायाकंन गर्न सकेनन् । कपिलको यस्तो व्यवहारले च्यानल यूनिट फेरि समस्यामा परेको छ । 

यसअघिका धेरै कार्यक्रमहरुमा बलिउड सेलिब्रेटीहरुसँग सयम मागेर आफू ढिला उपस्थित हुने, मनोमानी ढंगमा कार्यक्रम स्थगित गर्ने जस्तो काम गर्ने कपिलले यस पटक भने कुनै कलाकारलाई घण्टौं कुराउने वा आफू ढिला आउने काम त गरेनन् तर उनले कार्यक्रमको नयाँ अंकको  छायाँकंन नै गरेनन् । 

कपिलको यही कुराले अहिले च्यानल समस्यामा परेको छ । कपिल कर्माको ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ सोनी च्यानलमा प्रसारण भइरहेको छ । सम्झौता बमोजिम कपिलले हप्ताको मध्यतिर कार्यक्रमको छायाकंन गर्नु पर्ने र त्यो कार्यक्रमको प्रसारण हप्ताको अन्त्यमा गर्नुपर्ने भए पनि यस हप्ता कपिलले कार्यक्रमको छायांकन नै गरेनन् । कपिलको यस किसिमको व्यवहारका कारण समस्यामा परेको सोनी च्यानलले कपिलको लोकप्रिय कार्यक्रम ‘द कपिल शर्मा शो’को पुराना एपिसिोड प्रसारण गरिरहेको छ । 

कपिलको पुरानो कार्यक्रम ‘द कपिल शर्मा शो’ बलिउड कलाकार तथा संसारभारका अधिकांश दर्शकमाझ निकै लोकप्रिय रहेको थियो । तर कलाकारलाई कार्यक्रममा बोलाएर घण्टाैँसम्म पर्खाएर राख्ने, अचानक कार्यक्रमको छायांकन स्थगित गर्ने, आफ्नै सहकर्मी कलाकारसँगको दुव्र्यवहारका कारण उनको कार्यक्रममा कलाकारहरुले उपस्थिति हुन अस्वीकार गर्ने तथा कार्यक्रमका अन्य कलाकारले कार्यक्रम गर्न नमानेपछि सोनी च्यानलले कार्यक्रम बन्द गर्नु परेको थियो । 

केही समयको विश्रामपछि फेरि कार्यक्रम गर्न सुरु गरेका कपिल शर्माले पुरानै व्यवहारलाई दोहोर्‍याएर च्यानल तथा आफू स्वयमलाई समस्यामा पारिरहेका छन ।  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया